मंगलबार, ३ असार, २०७६ Tuesday, 18 June, 2019

आदिवासी जनजाति चलचित्र महोत्सव-२०७६ सम्पन्न, ‘के'(च्याब्रुङ) उत्कृष्ट चलचित्र

उत्कृष्ट छायाँकारको विधामा चलचित्र ‘यारी’ बाट युवराज राईले बाजी मारे ।

काठमाडौं: तेस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव-२०७६ काठमाडौंमा सम्पन्न हिजो (आइतवार) भएको छ ।

आदिवासी जनजाति चलचित्र महासंघद्वारा आयोजित तीन दिने “महोत्सवमा २० वटा चलचित्र मध्येबाट बिभिन्न उत्कृष्ट ८ बिधामा अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट चलचित्रको अवार्ड ‘के'(च्याब्रुङ) जित्यो भने उत्कृष्ट निर्देशक विधामा जसु गुरुङले अवार्ड हात पारिन। त्यस्तै उत्कृष्ट छायाँकारको विधामा चलचित्र ‘यारी’ बाट युवराज राईले बाजी मारे ।

sancharkarmi.com

अन्य विधामा उत्कृष्ट महिला कलाकारको विधामा बिनिता थापामगरले हात पारिन् भने उत्कृष्ट पुरुष कलाकारमा बलबहादुर गुरुङले जिते ।  पब्लिक च्वाईस अवार्ड विधामा सबै चलचित्रलाई पछि पर्दै चलचित्र “रिजेनासा”ले जित्यो।  छोटो चलचित्रको विधाबाट ‘पुल्टी’ उत्कृष्ट घोषित भयो भने सुनुवार समुदायमा आधारित तयार पारिएको वृत्तचित्र ‘छेँगु’ उत्कृष्ट भयो ।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अथिति चलचित्र बिकास बोर्डको अध्यक्ष केशब भट्टराईले  वितरण गरे । 

बिभिन्न उत्कृष्ट ८ विधाका विजेताहरु:

उत्कृष्ट चलचित्र ‘के'(च्याब्रुङ)
उत्कृष्ट छोटो चलचित्र ‘पुल्टी’ 
उत्कृष्ट वृत्तचित्र ‘छेँगु’ उत्कृष्ट 
उत्कृष्ट निर्देशक विधामा  ‘म्ले क्यु’ बाट जसु गुरुङ
उत्कृष्ट छायाँकार ‘यारी’बाट युवराज राई "वीरबहादुर''
उत्कृष्ट महिला कलाकार ''खुर्पेटो'' बाट बिनिता थापामगर
उत्कृष्ट पुरुष कलाकारमा ‘ ‘रिजेनासा’ बाट बलबहादुर गुरुङ
पब्लिक च्वाईस अवार्ड विधामा चलचित्र “रिजेनासा”

कार्यक्रममा  प्रमुख अतिथि चलचित्र बिकास बोर्डको अध्यक्ष केशब भट्टराई, चलचित्रकर्मीलाई महासंघका अध्यक्ष अमृतबहादुर सुनुवार उपाध्यक्ष विकु थोकर र महासचिव पुर्खाजित राई लगायत उपस्थित अतिथिहरुले बधाई तथा शुभकामना दिए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा