मंगलबार, ३ असार, २०७६ Tuesday, 18 June, 2019

प्रविधिमैत्री सेवामा जोड दिनुपर्छ : प्रहरी नायब महानिरीक्षक अधिकारी

फाइल फोटो / वेब

बेझाड । प्रदेश नं ५ का प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले रामपुर नगरपालिका–३ स्थित प्रहरी चौकी केलादीको नवनिर्मित कार्यालय भवनको बुधबार उद्घाटन गरेका छन् । 

नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्माणअन्तर्गत रु एक करोड आठ लाख ३५ हजार ९१६ को लागतमा निर्माण भएको उक्त दुईतले भवनमा भान्साघर, बाथरुम र शौचालयसहित प्रतिक्षालय, पार्किङस्थल र गार्डपोष्ट पनि निर्माण भएको छ । 

सो अवसरमा प्रहरी नायब महानिरीक्षक अधिकारीले प्रहरीले अपराधीका बीच कानूनी रूपमा कठोर र समुदायका बीच न्यायप्रेमी मानिसका लागि सहयोगी मित्रको भूमिका निर्वाह गर्नु पर्ने आवश्यकतामाथि जोड दिदैं प्रविधिले फड्को मारिरहेको अवस्थामा प्रहरीले पनि आफ्ना सेवालाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औल्याए । 

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले रामपुर नगरको बढ्दो शहरीकरणसँगै हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरण तथा शान्ति सुव्यवस्थाका लागि चौकीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले प्रभावकारी अपराध अनुसन्धान र नियन्त्रण गरी मानवअधिकारको रक्षाप्रति प्रतिबद्ध भएर प्रहरीले नागरिक सेवामा केन्द्रित हुनुपर्ने बताए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा