सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

वीरगञ्ज युनाइटेड 'सि डिभिजन'मा बढुवा

आज भएको ‘सि’ डिभिजन लिग छनोटअन्तर्गतको अन्तिम खेलमा वीरगञ्ज युजनाइटेडले स्पोर्टस् एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सी डिभिजनमा उक्लिएको हो ।
फाेटाे : वीरगञ्ज युनाइटेड/ फेसबुक

काठमाडौं । वीरगञ्ज युनाइटेडले स्पोर्टस् एकेडमीलाई पराजित गर्दै सहिद स्मारक ‘सि’ डिभिजन लिगमा बढुवा भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आज भएको ‘सि’ डिभिजन लिग छनोटअन्तर्गतको अन्तिम खेलमा वीरगञ्ज युजनाइटेडले स्पोर्टस् एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सी डिभिजनमा उक्लिएको हो ।

वीरगञ्जको जीतमा चतुरधन चौधरी, उज्वल लोप्चन श्रेष्ठ र सब्वीर चौधरीले एक÷एक गोल गरे । पराजित स्पोर्टस् एकेडेमीका लागि भने कमल देउवाले एक सान्त्वना गोल फर्काएका थिए  ।

वीरगञ्ज बढुवा भएसँगै ‘सी’ डिभिजनमा बढुवा हुने तीनै क्लबको टुङ्गो लागेको छ । यसअघि झापा फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लब बढुवा भइसकेका छन् । एन्फाले आयोजना गरेको उक्त छनोटमा विभिन्न ३८ टोलीले सहभागिता जनाएका थिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा