बुधबार, २७ कार्तिक, २०७६ Wednesday, 13 November, 2019

कोपा अमेरिका : अर्जेन्टिना क्वार्टरफाइनलमा, अबको भेट भेनेज्युएलासँग 

टिमलाई जिताउन मार्टीनजले खेलको चौंथो मिनेटमा र  अग्युरोले ८२ औँ मिनेटमा गोल गरेका थिए। 
फोटो: गोल डटकम

 

काठमाडौँ। ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले कतारलाई  २-० गोल अन्तरले पराजित गर्दै  प्रतियोगिताको क्वार्टरफाइनलमा उपविजेताको रुपमा प्रवेश गरेको छ । 

copa america 2019

आज विहान (सोमबार) सम्पन्न खेलमा अर्जेन्टिनाको लागि सर्जियो अग्युरो र लौटारो मार्टीनेजले एक-एक गोल गरे। टिमलाई जिताउन मार्टीनेजले खेलको चौंथो मिनेटमा र  अग्युरोले ८२ औँ मिनेटमा गोल गरेका थिए। 

copa america 2019

पहिलो खेलमा कोलिम्बयासँग २–० ले स्तब्ध बनेको अर्जेन्टिना दोस्रो खेलमा परग्वेसंग एक-एक बराबरी खेल्दै समुह चरणको ३ मध्ये दुइ सकिंदा जम्मा  १ अंक सहित सबैभन्दा पुछारमा थियो। तर आज खेल जित्दै पुरा ३ अङ्क जोडेर तालिकामा ४ अङ्कसहित दोस्रो हुँदै उपविजेताको रुपमा दोस्रो चरण प्रवेश गरेको छ। 

copa america 2019

क्वार्टरफाइनलमा अर्जेन्टिनाले समुह 'ए' को समुह उपविजेता भेनेज्युएलासंग खेल्नेछ। 

यसै समुहको अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई  १-० ले हराउँदै समुह चरणका ३ वटै खेल जितेर समुह विजेता बनेको छ। पाराग्वे र कतार दुवै टोली भने आज कुनै अङ्क जोड्न नसकेपछि समुह चरणबाटै घर फर्केका छन्। 

फोटो स्रोत: गोल डटकम

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा