सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

प्रतिलिपि अधिकारलाई जातिय रङ्ग दिएकोप्रति शम्भु राईद्वारा दुख व्यक्त

उनी र सपुतबिचको विवाद सामाजिक संजालमा मात्र नभई ससद्सम्म पुगेको छ। 
फोटो: शम्भु राई । फेसबुक

 

काठमाडौँ। गायक तथा संगीतकार शम्भु राईले आफु र अर्का गायक तथा संगीतकार प्रकाश सपुतबीचको नितान्त प्रतिलिपि अधिकारसंग सम्बन्धित कुरालाई  जातिय विवाद र सामाजिक सदभाव खल्बल्याउने नियतले सामाजिक सन्जालमा भएको टिक्का-टिप्पणीप्रति दुख व्यक्त गरेका छन्। 

राईले आफु २०३४ सालदेखि जातीय मुक्तिको लागि सांगीतिक क्रान्ति गर्दै जनताको माझमा गाउँदै आएको भन्दै, ''मानिस छूत-अछुत हुन्छ भन्ने म भन्दै भन्दिन! जाति र पाती छुट्याउने रितलाई म मान्दै मान्दिन!'' आफ्नो फेसबुकमा स्पष्ट परेका छन्।  

उनी र प्रकाश सपुतबिचमा सपुतको गीत 'गलबन्दी' उनको शब्द संयोजनमा बनेको पुरानो  देउसी भैलो गीत "आउ नाचौं साथी हो" कम्पोज (भाका र लय) मिल्न गएको भन्दै उनले प्रतिलिपि अधिकार अन्तर्गत हकका लागि मात्र सपुतविरुद्द उजुरी दिएको लेखेका छन्। 

''सामाजिक संजालहरुमा निक्कै टिका-टिप्पणीका बिच अहिले जातीय विवाद र सामाजिक सद्भाव खल्बल्याउने मनसायले केही आपत्तिजनक अभिव्यक्तिहरु पनि प्रकट भएको देखिएको र सुनिएको हुँदा त्यस प्रति म धेरै दु:खीत छु साथै यस्ता अमर्यादित किसिमले सामाजिक संजालबाट कसैले पनि अभिव्यक्ति नदिन हुन म सम्पूर्ण दाजु-भाई तथा दिदी- बाहिनीहरुमा बिनम्र अनुरोध गर्दछु ।'' उनले आफ्नो स्टेटसमा अनुरोध गरेका छन्। 

उनी र सपुतबिचको विवाद सामाजिक संजालमा मात्र नभई ससद्सम्म पुगेको छ। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा