बुधबार, १ श्रावण, २०७६ Wednesday, 17 July, 2019

एसईई नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

विद्यार्थीले आफ्नो ग्रेडिङमा चित्त नबुझे पुनर्योगका लागि १५ दिन भित्र प्रति विषय रु ५०० सय तिरेर निवेदन दिन सकिने बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा २०७५ सालको एसइई परीक्षाको नतिजा सार्वजनिक गर्दै परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारी । तस्बिर : रमेश गिरी

 

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले संवत् २०७५ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को परीक्षाफल आज सार्वजनिक गरेको छ । 

केहीबेर अघि बसेको परीक्षा समितिको बैठकले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो ।

यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना रहेका छन् । त्यस्तै २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् । त्यस्तै, १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षार्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।

जसमा, १६ हजार ८२ विद्यार्थीले 'ए प्लस ग्रेड'  र ४ हजार ९६० ले 'ए' ग्रेड ल्याएका छन् । त्यस्तै, 'बी प्लस ग्रेड' ल्याउने ६० हजार ७०६ जना छन् भने 'बी ग्रेड' ल्याउने ७४ हजार ११० जना रहेका छन् ।

त्यसैगरी, ९७ हजार २९९ जनाले 'सी प्लस ग्रेड' ल्याएका छन् भने  'सी ग्रेड' ल्याउने ९५ हजार २ सय ९ जनता छन् । त्यस्तै, ४३ हजार ८४० जना विद्यार्थीले 'डी प्लस ग्रेड' ल्याएका छन् भने चार हजार ४२९ जनाले 'डी ग्रेड' ल्याएका छन् ।

अभिनेत्री करिश्मालाई एसईईमा  'बि प्लस'  ग्रेड

कुनै विद्यार्थीले आफ्नो ग्रेडिङमा चित्त नबुझे पुनर्योगका लागि १५ दिन भित्र प्रति विषय रु ५०० सय तिरेर निवेदन दिन सकिने बोर्डले जनाएको छ । त्यस्तै, सैद्धान्तिक विषयतर्फ सी, डी प्लस र ई ग्रेड प्राप्त गरेका विद्यार्थीले जति विषयमा सी र सोभन्दा तल्लो ग्रेड प्राप्त गरेको छ, त्यसमध्ये परीक्षार्थीले चाहेको विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । त्यसबाहेक मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा पनि परीक्षार्थीले यस्तो परीक्षा दिन सक्नेछन् ।

गत सालको भन्दा यस पटक केही ढिला नतिजा प्रकाशन भएको हो । यस वर्ष ढिलो नतिजा आउनुमा प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा लिनु परेको थियो । गत चैत १० गतेबाट सुरु भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी थिए ।

यसरी हेर्न सकिन्छ नतिजा

नतिजा हेर्नका लागि नेपाल टेलिकमको वेवसाईट http://see.ntc.net.np/ र १६०० मा डायल  गरी थाहा पाउन सकिने छ । टेलिकमको वेवसाईटमार्फत मार्कसिटसमेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्नेछ ।

त्यस्तै, एनसेलबाट पनि १६०० डायल गरी नतिजा हेर्न सिकने छ । यस्तै, ३१००३, ३१००७, ३४९४९, ३५००१ नम्बर सिम्बल नम्बर एसएमएस पठाउँदा पनि नतिजा थाहा पाउन सकिन्छ  । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा