बुधबार, १ श्रावण, २०७६ Wednesday, 17 July, 2019

करिश्माले 'अकाउन्ट' मा ४, शान्ताले शिक्षामा ३.२ उच्च 'जिपिए' ल्याए

करिश्मा मानन्धर ३ जीपीए ल्याए भने नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सचेतक शान्ता चौधरीलाई २.६५ जीपीए
फाइल फाेटो : सामािजक सञ्जालबाट लिइएको ।

 

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर ३ जीपीए नम्बरसहित 'बि प्लस' र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले एसइईमा २.६५ जीपीए नम्बरसहित 'बि' ग्रेड ल्याएर उत्तिर्ण भएका छन्।  

आज (बिहीबार) सार्वजनिक भएको एसईई नतिजामा अभिनेत्री मानन्धरले ऐच्छिक विषय लेखा (अकाउन्ट) मा सबैभन्दा बढी ४ जीपीए ल्याएकी छन् । उनले सबैभन्दा कम अनिवार्य गणित विषयमा २ जीपीए ल्याएकी छन्।तीन दशक लामो अभिनय यात्रापछि मानन्धरले गत चैत १० गते भएको एसईई परीक्षा दिएकी हुन्।

करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूल अध्ययन गरेकी थिइन् । उनकाे परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजारमा परेको थियो 

करिश्मा मानन्धरको प्राप्तङ्क  :
अनिवार्य अंग्रेजी : ३.२  
अनिवार्य नेपाली : २.८
अनिवार्य गणित: २.0   
अनिवार्य विज्ञान: २.८   
अनिवार्य सामाजिक: २.८  
अनिवार्य जनसंख्या, वातावरण तथा स्वास्थ्य: ३.२  
ऐच्छिक जनसंख्या : ३.२ 
ऐच्छिक लेखा शास्त्र:  ४.0  

 त्यस्तै, नेकपाकी सचेतक चौधरीले सबैभन्दा बढी ऐच्छिक विषय शिक्षा शास्त्रमा ३.२  जीपीए ल्याएकी छन् भने सबैभन्दा कम अनिवार्य गणित, विज्ञान, जनसंख्या, वातावरण तथा स्वास्थ्या  र  ऐच्छिक विषय अर्थशास्त्रमा समान  २.४  जीपीए ल्याएकी छन्।

चौधरीले २०७३ सालमा दाङको डाँडागाउँ मावि गोग्लीमा कक्षा ८ मा भर्ना भएर उनले औपचारिक कक्षाको पढाइ सुरुगरेकी थिइन् भने एसइई भने खुल्ला विद्यालयबाट परिक्षा दिएकी हुन् ।

उनले तुलसीपुर उपमहानगरपालिका–६ स्थित तुलसीपुर माध्यामिक विद्यालय केन्द्रबाट परीक्षा दिएकी थिइन् ।

शान्ता चौधरीको प्राप्तङ्क  :
अनिवार्य अंग्रेजी : २.८ 
अनिवार्य नेपाली : २.८
अनिवार्य गणित: २.४ 
अनिवार्य विज्ञान: २.४  
अनिवार्य सामाजिक: २.८  
अनिवार्य जनसंख्या, वातावरण तथा स्वास्थ्य: २.४ 
ऐच्छिक विषय शिक्षा शास्त्र: ३.२ 
ऐच्छिक विषय अर्थशास्त्र:  २.४ 

त्यस्तै यसै वर्ष चौधरीकी छोरी १७ वर्षीया विनु चौधरीले पनि काठमाडौंको एक विद्यालयवाट एसइई दिएकी हुन्।

गत सालको भन्दा यस पटक केही ढिला नतिजा प्रकाशन भएको हो । यस वर्ष ढिलो नतिजा आउनुमा प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा लिनु परेको थियो । गत चैत १० गतेबाट सुरु भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी थिए ।

परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना रहेका छन् । त्यस्तै, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् । 

त्यस्तै, १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षार्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा