बुधबार, १ श्रावण, २०७६ Wednesday, 17 July, 2019

विषादीयुक्त तरकारी रोक्ने निर्णयबारे जवाफ दिन सरकारलाई रुलिङ

सर्लाही घटना र विषादीयुक्त तरकारी आयात खुला गरिएको विषयमा सम्बन्धित मन्त्रीले जवाफ नदिए आगामी बैठक रोक्न बाध्य हुनुपर्ने बताएका थिए ।
फाइल फाेटाे: रासस

 

काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आगामी बैठकमा सर्लाही घटना र विषादीयुक्त तरकारीलाई रोक्ने निर्णय फिर्ता लिइएको सन्दर्भमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

सभाको बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद उठेर विरोध जनाउनुभएपछि सभामुख महराले दुवै दलका सांसदलाई बोल्ने समय दिएका थिए ।

काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका बालकृष्ण खाँण र राजपाका सांसद प्रमोद साहले सर्लाही घटना र विषादीयुक्त तरकारी आयात खुला गरिएको विषयमा सम्बन्धित मन्त्रीले जवाफ नदिए आगामी बैठक रोक्न बाध्य हुनुपर्ने बताएका थिए ।

दुवै सांसदले बोलिसकेपछि सभामुख महराले आगामी बैठकमा जवाफ दिन रुलिङ गरेपछि प्रतिनिधिसभाको आजको बैठक सञ्चालन भएको थियो । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा