सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

ब्राजिल नवौँ पटक कोपा अमेरिका कप च्याम्पियन, पेरु ३-१ ले स्तब्ध 

ब्राजिललाई उपाधि दिलाउन सौसा सोरेस, गाबि्रयल जिसस र रिचार्लिसनले गोल गरे भने पेरुका लागि भने पाउलो गुइरेरोले गोल फर्काएका थिए ।
फोटो: एएफपी   

काठमाडौं। आयोजक राष्ट्र ब्राजिलले पेरुलाई ३–१ को गोल अन्तरले पराजित गर्दै कोपा अमेरिका कपको उपाधि १२ वर्षपछि जितेको छ । 

ब्राजिलको लागि ७० औं मिनेटमा दोस्रो पहेलो कार्ड खाएर खेल मैदान छाड्नु अघि ग्याब्रिएल जिससले एक गोल गरे र अर्को गोलमा सहयोगी भूमिका निभाए । 

ब्राजिल नवौँ पटक कोपा अमेरिका कप च्याम्पियन, पेरु ३-१ ले स्तब्ध 

ब्राजिललाई उपाधि दिलाउन सौसा सोरेस, गाबि्रयल जिसस र रिचार्लिसनले गोल गरे भने पेरुका लागि भने पाउलो गुइरेरोले गोल फर्काएका थिए ।

खेलको १५ औ मिनेटमा सोरेसले गोल गर्दै ब्राजिललाई १-० गोलको अग्रता दिलाएका थिए । तर खेलको ४४औं मिनेटमा पेरुले गोल फर्काउन सफल भयो । पेरुका लागि गुइरेरोले पेनाल्टीबाट गोल गर्दै १-१ गोलको बराबरी दिलाएका थिए । 

ब्राजिल नवौँ पटक कोपा अमेरिका कप च्याम्पियन, पेरु ३-१ ले स्तब्ध 

तर खेलको पहिलो हाफमै ब्राजिलले अग्रता बनाउन सफल भयो । पहिलो हाफको अतिरिक्त समयमा जिससले गोल गर्दै ब्राजिललाई २-१ गोलको अग्रता दिलाए । ब्राजिलले खेलको ९० औं मिनेटमा अर्को गोल गर्न सफल भयो । यो पटक भने पेनाल्टीबाट रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३-१ गोलको जित दिलाए ।

ब्राजिलले यो पटकको उपाधि जितेसँगै कोपाको उपाधी नवौँ पटक जितेको इतिहास बनाएको छ।

ब्राजिल नवौँ पटक कोपा अमेरिका कप च्याम्पियन, पेरु ३-१ ले स्तब्ध 

 

फोटो: कोपा अमेरिका ब्राजिल र एएफपी  

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा