बुधबार, १ श्रावण, २०७६ Wednesday, 17 July, 2019

नेपाल यू१९ एसिया कप पूर्वी क्षेत्र छनोटको फाइनल प्रवेश [Full Match]

किनारारा ओभल क्रिकेट मैदानमा आइतबार बिहान टस जितेर कप्तान रोहित कुमार पौडेलले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

 

काठमाडौं । एसीसी यू–१९ एसिया कपको पूर्वी क्षेत्र छनोट प्रतियोगिताकोको सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

किन्नरा ओभल क्रिकेट मैदानमा आज (आइतबार) बिहान टस जितेर नेपालि कप्तान रोहित कुमार पौडेलले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिंग गरेको मलेसियाले ४०.५ ओभरमा सबै विकेट गुमाएर ८७ बनाएर ८८ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो। 

नेपालको जितमा कप्तान रोहित कुमार पौडेलले २९ बलमा २ चौका र १ छक्का सहित ३१ रन अविजित रहे । त्यस्तै भिम सार्कीले ३४ बलमा २ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे ।

नेपालले चौथो ओभरको पाचौ बलमा ओपनर पवन सरार्फलाई १८ रनमा गुमाएको थियो । उनले आउट हुनु अघि १६ बलमा १ चौका र २ छक्का प्रहार गरे । त्यस्तै रित गौतम ३ रनमै क्याच आउट भए । सिंगापुरविरुद्ध उत्कृष्ट ब्याटिंग गरेका खडक बहादुर बोहरा शुन्य रनमा  बोल्ड आउट गरे ।

MALAYSIA VS NEPAL । ACC EASTERN REGION U19 । 08-JULY-2019 Cricket LIVE

नेपालले आजको खेलमा विशाल विक्रम केसीको स्थानमा तीब्र गतिका बलर कमलसिंह ऐरीलाई मौका दिएको छ । विशालसँगै प्रतिस जिसी र लोकेश बहादुर बमलाई बेन्चमा राखेको छ ।

नेपालको बलिङ्गमा सागर ढकालले सर्वाधिक ३ विकेट लिने क्रममा १० ओभरमा ३ मेडन ओभर गर्दै मात्र १६ रन खर्चिए। यस्तै, कुशल मल्लले २ विकेट तथा कमल सिंह ऐरी र तिला राज भण्डारी ले १/१ विकेट लिए।

मलेसियाका लागि मोम्मद खैरले २ र मोम्मद आमिरले १ विकेट हात पारे ।
 

नेपाल समुह ए को विजता र सिंगापुर उप विजेता हुन् । नेपालले मलेसियामाथि निरन्तर जित निकाल्दै आएको छ ।

यस प्रतियोगिताको विजेता टोलीले २८ अगस्ट देखी ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ । यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, यूएई र कुवेतले एसिया कपमा प्रतिस्पर्धा गर्ने छन् ।

MALAYSIA VS NEPAL । ACC EASTERN REGION U19 । 08-JULY-2019 Cricket LIVE

 

पुरा खेल हेर्नुस् 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा