बुधबार, १ श्रावण, २०७६ Wednesday, 17 July, 2019

सबैको लघुवित्तको साधारण शेयर बिक्री हुँदै

यही क्रममा आगामी साउन १ गतेदेखि  सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ ।

 

काठमाडौं । पछिल्ला दिनमा लघुवित्त संस्थाको साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ ।

आइतबारदेखि आँधी खोला लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री शुरु भएको छ ।

यस्तै, शुक्रबारदेखि घोडीघोडा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री भइरहेको छ ।

यही क्रममा आगामी साउन १ गतेदेखि  सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ । संस्थाले आज एक आह्वानपत्र प्रकाशित गरी आगामी साउन १ गतेदेखि रु पाँच करोड ३० लाख बराबरको पाँच  लाख ३० हजार कित्ता साधारण शेयर बिक्री गर्न लागिएको उल्लेख गरेको  छ ।

आह्वानपत्र अनुसार शेयर बिक्री बन्द छिटोमा आगामी साउन  ५ गतेसम्म तोकिएको छ । संस्थाका कर्मचारीलाई आठ हजार २५० कित्ता र सामूहिक लगानी कोषलाई २६ हजार ५०० कित्ता सुरक्षित गरिएको छ । संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । सो संस्थाको साधारण शेयरमा न्यूनतम १० देखि अधिकतम दुई हजार कित्तासम्म आवेदन दिन पाइने छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा