बुधबार, १ श्रावण, २०७६ Wednesday, 17 July, 2019

सहयोगी विकास बैंकको शेयर कारोवार रोक्का

यस्तै, स्टकमा आज सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर लाभांश सूचीकृत भएको छ ।

 

काठमाडौं । सहयोगी विकास बैंकको शेयर कारोवार रोक्का भएको छ ।

सिटिजन बैंक इन्टरनेशनलले उक्त विकास बैंकलाई प्राप्ति गर्नेभएपछि कारोवार रोक्का गर्ने निर्णय गरेको हो ।

आइतबार सिटिजनले सहयोगी विकास बैंकलाई प्रापित गर्ने सम्झौता गरेको छ । दुई संस्था गाभिएर एकीकृत कारोवार नहुँदासम्म शेयर कारोवार रोक्का राख्ने निर्णय भएको र सोको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराइएको विकास बैंकका कम्पनी सचिव राजेशकुमार मल्लिकले जानकारी दिए । 

यस्तै, स्टकमा आज सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर लाभांश सूचीकृत भएको छ । कूल तीन लाख २३ हजार १९० कित्ता शेयर लाभांश सूचीकृत भएको हो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा