बुधबार, १ श्रावण, २०७६ Wednesday, 17 July, 2019

नेपाल 'इस्टर्न रिजन' च्याम्पियन, एसिया कपमा छनोट [फोटो/भिडियो]

नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । सेमिफाइनलमा सोमबार मलेसियाविरुद्ध मैदान उतारेको टोली मैदान उतारेको छ ।

 

काठमाडौं ।  नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को च्याम्पियन बन्दै अर्को महिना श्रीलंकामा हुने एसिया कपको लागि छनोट भएको छ। 

किन्नरा ओभल क्रिकेट मैदानमा आज (मंगलबार)को फाइनल खेलमा हङकङलाई फाइनल खेलमा ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

हङकङले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्यो। 

नेपालका लागि ओपनर रित गौतम र पवन सर्राफले पहिलो विकेटका लागि ६.३ ओभरमा ५२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाउन सफल भए । गौतम १३ रन जोड्दै मोहमद हसन खानको बलमा बोल्ड हुन पुगे ।

Image may contain: 12 people, people smiling, people standing, sky, outdoor and nature

१२ औं ओभरको दोस्रो बलमा मोहमद हसनको एलबीडब्लु धरापमा अर्का ओपनर पवन सर्राफ परे । सर्राफले ३६ बलको सामना गर्दै ३९ रन जोड्दा ५ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को ओभरमा खडक बोहोरा ८ रन जोड्दै क्याच आउट हुन पुगे । कप्तान रोहितकुमार पौडेलले १२ रन जोड्दा भीम सार्की ८ रनमा अविजित रहे । हङकङका लागि रौनक कपुरले २ तथा मोहमद हसन र मोहमद हसन खानएक–एक  विकेट हात पार्न सफल भए ।

नेपालको बलिङ्गतर्फ सागर ढकालले सर्वाधिक ५ विकेट लिने क्रममा १० ओभरमा ५ मेडन ओभर गर्दै १८ रनमात्र खर्चिए । यस्तै, कमल सिंह ऐरीले ३ विकेट तथा कुशल मल्ल र तिलक राजभण्डारीले एक–एक वीकेट लिए ।

Image may contain: 3 people, people smiling, people standing, sky, shoes, basketball court, tree and outdoor

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियचमाथि ७ विकेटको जित निकालेको थियो । त्यस्तै, अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई डक वर्थ लेविसका आधारमा ५१ रनले पराजित गर्दै हङकङले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको थिएन । सेमिफाइनलमा सोमबार मलेसियाविरुद्ध मैदान उतारेको टोली मैदान उतारेको थियो ।

Image may contain: 6 people, people standing, sky and outdoor

नेपालले समुह चरणमा चीनलाई १० विकेट र सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको थियो । यस प्रतियोगिताको विजेता टोलीले २८ अगस्ट देखी ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ । यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, यूएई र कुवेतले एसिया कपमा प्रतिस्पर्धा गर्ने छन् ।

Image may contain: 3 people, people standing

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा