बुधबार, १ श्रावण, २०७६ Wednesday, 17 July, 2019

चीनले बौद्धिक सम्पत्तीको अधिकारलाई मजबुत पार्ने

सन् २०१९ को पहिलो ६ महिनामा चीनमा कुल दुई लाख ३८ हजार अविस्कारको एकल स्वामित्व अधिकार प्राप्त गरेको छ । यो अघिल्लो बर्षको तुलनामा ९.९ प्रतिशत बढी हो ।
प्रतिनिधिमुलक फाइल फोटो: एजेन्सी

 

बेइजिङ । चीनले बौद्धिक सम्पत्तीको अधिकार अन्तर्गत एकल स्वामित्व अधिकारको संरक्षणलाई थप मजबुत पार्ने बताएको छ ।

चीनले सन् २०१९ को पहिलो ६ महिनामा ६ हजार ५२९ एकल स्वामित्व उल्लङ्घनसम्बन्धी मुद्दाहरूको अनुसन्धान गरेको चिनियाँ बौद्धिक सम्पत्ति प्रशासनले मङ्गलबार एक पत्रकार सम्मेलनमा बताएको छ ।

सन् २०१९ को पहिलो ६ महिनामा चीनमा कुल दुई लाख ३८ हजार अविस्कारको एकल स्वामित्व अधिकार प्राप्त गरेको छ । यो अघिल्लो बर्षको तुलनामा ९.९ प्रतिशत बढी हो ।

चीनको विश्वप्रसिद्ध टेलिकम कम्पनी हुवावे टेक्नोलोजी कम्पनी लिमिटेडले यस बर्षको पहिलो ६ महिनामा दुई हजार ३१४ आविस्कारमा एकल स्वामित्वको अधिकार प्राप्त गरी चिनियाँ मूख्य भूभागमा प्रथम स्थानमा उभिन सफल भएको कम्पनीको दावी रहेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा