बुधबार, १ श्रावण, २०७६ Wednesday, 17 July, 2019

अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इङ्ल्यान्ड चौथो पटक विश्वकप फाइनलमा

आइतवार लर्डसमा हुने फाइनल खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्न छन् ।
फोटो: आइसीसी

 

काठमाडौं। आफ्नै घरेलु मैदानमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इङ्ल्यान्ड फाइनलमा प्रवेश गरेको छ । 

यो जितसँगै इङ्ल्यान्डले चौथो पटक एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको हो । तर इङ्ल्यान्डले हाल सम्म एक पटक पनि उपाधि भने उचाल्न सकेको छैन् । 

आइतवार लर्डसमा हुने फाइनल खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्न छन् । आज एड्बेस्टोनमा अस्ट्रेलियाले दिएको २२४ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३२ ओभर १ बलमा मात्र २ विकेट गुमाउँदै २२६ रनको लक्ष्य भेट्यायो । 

इङ्ल्यान्डका लागि ६५ बलमा ९ चौका र ५ छक्काको सहयोगमा जेसन रोय ८५ रन बनाए । अन्य ब्याट्सम्यानहरुमा जोए रुटले ४९ रन जोड्दा इयान मोर्गान ४५ र जोन्नी बेयरिस्टो ३४ रनको योगदान गरे । बलिङतर्फ अस्ट्रेलियाका लागि मिचल स्टार्क र प्याट कमिन्सले समान एक–एक विकेट लिए । 

टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २२३ सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। अस्ट्रेलियाका लागि स्टेभन स्मिथले सर्वाधिक ८५ रन बनाए । उनले १ सय १९ बल ६ चौका प्रहार गरेका स्मिथ रनआउट भएका थिए । त्यस्तै मिचेल स्टार्कले २९ रनको योगदान दिए । एलेक्स केरीले ४६ रनको योगदान गरे । अस्ट्रेलियाको लागि  ग्लेन म्याक्सवेलले २२ रन बनाए । 

इङल्यान्डका क्रिस वोक्स र आदिल रासिदले समान तीन–तीन विकेट लिए । जोफ्रा आर्चरले एक विकेट लिँदा मार्क वुडको नाममा एक विकेट रह्यो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा