सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

उपकुलपति प्रा.डा. राजकुमार रौनियार आठ लाख घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार उपकुलपतिको निवास धरानबाट प्रा.डा. रौनियार र उनका भतिजालाई आठ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार । फायल फाेटाे: वेब

 

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र उनका भतिजा डा. रामहरि रौनियारलाई घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार उपकुलपतिको निवास धरानबाट प्रा.डा. रौनियार र उनका भतिजालाई आठ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेको हो ।

उपकुलपति रौनियार र डा. रामहरि रौनियारले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घूस रकम लिएको अख्तियारले जनाएको छ । घूस लिएको रकम उनले भतिजा रामहरिलाई राख्न दिएका थिए ।

रौनियारले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा काठमाडौंबाट खटिएको टोलीले दुबैजनालाई पक्राउ गरेको अख्तियारले जनएको छ ।

आयोगका प्रवक्ता सहसचिव प्रदिपकुमार कोइरालाले जारी गरेको विज्ञप्तीमा दुबैजनालाई आयोगको हिरासतमा राखि अनुसन्धान अघि बढाइएको उल्लेख छ ।

२०७३ फागुन २० मा रौनियार सो विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका थिए। तत्कालीन स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशी सदस्य रहेको छनौट समितिले उनको नाम सिफारिश गरेको थियो।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा