सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

६६ यात्रु बोकेको यतीको विमान धावनमार्गमा चिप्लियो, उडान–अवतरण अवरुद्ध

नेपालगञ्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको हो ।
यसअघि पनि यती एयरलाइन्सको विमान अवतरणका क्रममाविमानस्थलको धावनमार्गमा चिप्लिएको थियो । फायल फोटो: वेब

 

काठमाडौं । यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।

नेपालगञ्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको हो ।

विमान दुर्घटना हुँदा २ जना यात्रु घाइते भएका छन् । कोटेश्वरतर्फको ०२ बाट अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान घाँसेचौरको १५ मिटर पर पुगेको थियो ।

यती एयरलाइन्सले दिएको जानकारी अनुसार जहाजमा चालक दलका ४ र यात्रु ६६ गरी ७० जना थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ । धावन मार्गमै जहाज चिप्लिएपछि अहिले आन्तरिक तथा बाह्य विमानको उडान–अवतरण अवरुद्ध बनेको छ ।

वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने विमानस्थलले बताएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा