सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

झण्डै ७ घण्टापछि खुल्यो अन्तर्राष्ट्रिय विमानस्थल

शुक्रबार बिहान यति एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएपछि बन्द भएको विमानस्थल झण्डै ७ घण्टापछि खुलेको हो ।
फायल फाेटाे : वेब

 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुल‍ेको छ ।

शुक्रबार बिहान यति एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएपछि बन्द भएको विमानस्थल झण्डै ७ घण्टापछि खुलेको हो ।

धावन मार्गमा विमान चिप्लिएका कारण विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको थियो । निरन्तरको प्रयासपछि विमानलाई निकाल्न सफल भएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारी जानकारी दिए ।

विमान रहेको ठाउँमा पानी र हिलो भएकाले तान्न कठिनाइ भएको थियो । 

धावन मार्गमा रोकिएको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका प्राविधिक खटिएका थिए । विमानलाई अगाडिबाट तान्न लामो प्रयास असमर्थ भएपछि पछाडिबाट तानेर ‘ह्याङ्गर’ तर्फ लगिएको प्रवक्ता तिवारीले जानकारी दिए ।

काठमाडौं आउँदै गरेका अन्तर्रा्ष्ट्रिय उडानका विभिन्न विमानलाई भारतको लखनउलगायतका गन्तव्यमा ‘डाइभर्ड’ गरिएको विमानस्थलले जनाएको छ । नेपालगञ्जबाट काठमाडौं आएको यतिको एटिआर–७२ विमान विमानस्थलमा अवतरणको क्रममा बिहान ११ः५ बजे धावन मार्गमा चिप्लिएको थियो ।

विमान धावन मार्गको दक्षिणतर्फ करीब १० मिटर ‘रन वे स्ट्रिप’ को घाँसे मैदानमा धस्सिएको छ । उडान नम्बर एनवाइटी–४२२ (नाइन एन एएमएम) विमानमा सवार चालक दलका सदस्यसहित ६६ यात्रु सकुशल रहेको उक्त विमान कम्पनीले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा