बाढीपहिरो अपडेटः मृत्यु हुने ६७ पुगे, ३० बेपत्ता र ४३ घाइते

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २६ महिला र ४१ पुरुष गरी ६७ जनाको ज्यान गएको छ ।
स्रोत: नेपाल प्रहरी

 

काठमाडौं । (अपडेट*) अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ६७ जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २६ महिला र ४१ पुरुष गरी ६७ जनाको ज्यान गएको छ ।

सोमबार बिहान ११:४५ बजेसम्मको विवरण अनुसार २० महिला र २३ पुरुष गरी ४३ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, १२ महिला र १८ पुरुष गरी ३० जना बेपत्ता भएका छन् । अहिलेसम्म एक हजार ४४६  जनाको सकुशल उद्धार गरिएको छ ।

सबैभन्दा बढी मकवानपुरमा ६ जना, ललितपुर, भोजपुर र रौतहटमा पाँच–पाँच जना गरी २१ जनाको ज्यान गएको छ । त्यस्तै, सिन्धुली, सिरहा र ओखलढुङ्गामा चार-चार गरी १६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

काभ्रे, धनुषा, खोटाङ र काठमाडौंमा तीन–तीन जना गरी १२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ भने बारा, पर्सा, झापा, उदयपुर, महोत्तरी, धादिङ र डोल्पामा दुई–दुई गरी १४ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको पछिल्लो विवरण यस्तो छ

Nepal floods and landslide updateस्रोत: नेपाल प्रहरी

 

बाढी तथा पहिरोका कारण देशका विभिन्न ठाउँमा बाटो अवरुद्ध भएको छ ।

nepal floods and landslide update

अपडेट गरिएको*२०७६, असार ३० गते आइतबार, ११ बजेर  ५५ मिनेट

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा