शुक्रबार, ६ भदौ, २०७६ Friday, 23 August, 2019

पुर्नजन्म लिन सक्ने अचम्मको जीव ! वैज्ञानिकले पत्ता लगाए अर्को रहस्य

'एम्फीबियन' प्रजातीको ‘एक्सोलोटल्’ जीवबारे १५० वर्षदेखि बैज्ञानिकहरु अध्ययन गर्दै

एजेन्सी । म्याक्सिकोमा पाइने एम्फीबियन प्रजातीको ‘एक्सोलोटल्’ नाम गरेको अचम्मको जीवबारे १५० वर्षदेखि बैज्ञानिकहरुले अध्ययन गरिरहेका छन् ।

म्याक्सिकोको सामुद्रिक तटको पानी र जमीन दुबैमा पाइने यस जीवलाई आफ्नो अंग नष्ट भएपनि पुन उस्तै बनाउन सक्ने असाधारण क्षमता भएको जीवको रुपमा लिने गरिन्छ ।

वैज्ञानिकहरुले छेपारो जस्तो देखिने ‘एक्सोलोटल्'लाई शरीरको कुनैपनि पुर्नजन्म लिन सक्ने जीव भनेका छन् ।

बीबीसीका अनुसार १५० वर्षदेखि यस जीवबारे अध्ययन गरिरहेको बैज्ञानिकहरुको एक अन्तर्राष्ट्रिय टोलि र भियना रिर्सच इज्स्टिच्यूट अफ मोलिक्युलर प्याथोलोजिले एक्सोलाँटलको अर्को रहस्य पत्ता लगाउन सफल भएका छन् ।

उनीहरुले भर्खरै प्रयोगशालामा गरिएको एक प्रयोगमा मानिसमा पाइने ठूलो जीन–समुह (जिनोम) पाएको बताएका छन् । मानिसहरुभन्दा १० गुणा बढी ३२ हजार जोडी डिएनए बेस रहेको समेत अध्ययनकर्ताहरुले बताएका छन् ।

नेचर पत्रिकामा प्रकाशित उक्त अध्ययनमा ती वैज्ञाकिहरुले भनेका छन्, ‘यस जीवको कुनै अंग नष्ट भएमा एक हप्तामा पुन हड्डी, नशा र माशु उक्त अंगमा उर्मान सफल हुन्छन् ।’

बैज्ञानिकहरुले भनेका छन् , ‘एक्सोलोटल्ले आफ्नो ढाडको हड्डीमा लागेको चोटसमेत ठीक गर्नसक्ने क्ष्मता राख्दछन् । कुनैपनी घाउको निशाना नछोडी दोस्रो हड्डी, मसलन रेटिनासमेत ठीक गर्न सक्दछन् ।’

विश्वबाट लुप्त हुने खतरामा रहेको यस जीवले सामान्य तरिकाले बच्चा जन्माउन सक्छन् । गएको १५० वर्षदेखि बैज्ञानिकहरुले प्रयोगशालामा यस जीवलाई अझै उन्नत बनाउन कोशिस गरिरहेका छन् ।

बीबीसीका अनुसार उनीहरुले यस जीवले कसरि असाधारण तरिकाले आफ्नो जैविक क्रियाद्वारा आफ्नो नष्ट भएको अंग पुन ठीक गर्न सक्छन् भन्ने विषयामा शोध गरिरहेका छन् ।

नेचर पत्रिकामा प्रकाशित अध्ययनअनुसार यस खोज अंगको पुर्जजन्मबारे गहिराईमा अध्ययन गर्न महत्वपुर्ण हुनेछ ।

नेचरका अनुसार भियना रिर्सच इज्स्टिच्यूट अफ मोलिक्युलर प्याथोलोजिका चिकित्सक एली तनाका प्रयोगशालामा एक्सोलोटल्को संख्या बढाउन काम गरिरहेकी छन् ।

डा. तनाका उक्त जीवले आफ्नो अंग पुर्नजन्मको क्रियामा प्रयोग गर्ने कोशिका पत्ता लगाइसकेको बताएका छन् । तर, पुर्नजन्मको प्रक्रियाको विस्तारमा अध्ययन गर्नको लागि बैज्ञानिकहरुले एम्फीबियन प्रजातीको जीवसँग जोडिएको ३२ हजार जोडी डिएनए  जीनोमसँग सम्बन्धित अन्य जानकारी हासिल गर्ने प्रयत्न जरुरी भएको उल्लेख गरेका छन् । जुन निकै चुनौतीपूर्ण मानिएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा