बिहीबार, २७ मङ्सिर, २०७५ Thursday, 13 December, 2018

यूनिसानको नेतृत्व मदन राईको नयाँ कार्यसमितिले पायो

'युवाले मात्रै विकास र संवृद्दि ल्याउन सक्छ तर राज्यले युवा शक्तिलाई परिचालन गर्न सकेको छैन ।' 

काठमाडौं, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवशको अवसर पारेर 'संयक्त राष्ट्रसंघ युवक तथा विद्यार्थी संघ नेपाल' (यूनिसान)को साधारण सभामार्फत ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।
 
शनिवार युनियन हाउस काठमाडौंमा सम्पन्न बैठकमार्फत अध्यक्षमा मदन राईसहित ११ जना नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । 

निर्विरोध निर्वाचित हुनेमा उपाध्यक्ष्यमा डा. सरल शर्मा, महासचिवमा अम्रित बन्जाडे, सचिवमा बिध्यावती राई, कोषाध्यक्ष्यमा जेफेन लामा, निर्विरोध रुपमा निर्वाचित भएको निर्वाचन प्रमुख अधिवक्ता दिनेश लामिछानेले जानकारी दिए ।

प्रमुख लामिछानेका अनुसार सदस्यहरुमा निर्मला नेपाली, मनिता पोखरेल, सुनिता डंगोल, सुबिन गुरुङ, बिकाश राई र प्रज्ञावती राई निर्विरोध निर्वाचित भएका छन् ।

कार्यक्रम्मा  पूर्व अध्याक्ष्य डा.प्रकाश बन्जाडेले नवनिर्वाचित  पदाधिकारीहरु लाई बधाई दिँदै बरु थोरै काम गर्ने तर संस्थाका उद्देश्य विपरीत काम नगर्ने सझाव दिए । पूर्बाध्यक्ष्य डा. बन्जाडेले राष्ट्रिय एजेण्डालाई अन्तर्राष्ट्रियकरण गर्दै अन्तर्राष्ट्रियएजेण्डा लाई राष्ट्रिय र स्थानीय तहमा लैजान आग्रह गरे । 

कार्यक्रमका प्रमुख अतिथि सांसद तथा अर्थ समितिका सदस्य हेम कुमार राईले नेपालको विकाश र संवृद्दिमा युवाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, - 'युवाले मात्रै विकास र संवृद्दि ल्याउन सक्छ तर राज्यले युवा शक्तिलाई परिचालन गर्न सकेको छैन ।' 

कार्यक्रममा नव निर्वाचित अध्यक्ष मदन राईले नेपालमा केन्द्रिकृत संरचनामा रहेको युवाको शसक्तिकरण सहभागिता र संलग्नतालाई अब स्थानीय तहसम्म विकेन्द्रितकृत संरचनामा लान (यूनिसान)ले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले भने, अब नेपालमा युवा शक्तिको अधिकार, आवस्यकता र अन्तर्राष्ट्रियकरणको विषयमा प्राज्ञिक, सैद्धान्तिक, अनुसन्धानात्मक र व्यवहारिक संरचनामा गहन बहस सृजना गर्दै नेपालको विकाश र संवृद्दिमा युवाको भुमिकालाई उजगर गर्नेछ ।
 
कार्यक्रममा विशेष अतिथि संयुत्त राष्ट्रसंघ नेपालका सुचना केन्द्र प्रमुख रामवावु शाह, नर्भिक इन्टरनेश्नलका निर्देशक सुलभ सापकोटालगायतले नयाँ कार्यसमितिलाई बधाई दिएका थिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा