बिहीबार, २७ मङ्सिर, २०७५ Thursday, 13 December, 2018

प्रधानमन्त्रीको स्वास्थ्यस्थिति : छातिमा संक्रमण, चिनीको मात्रा असन्तुलित

काठमाडौं, १२ कात्तिक । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको 'सिसियु'मा भर्ना भएका छन् ।

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वासप्रश्वासमा थप समस्या देखिएपछि सोमबार बिहान २ बजे नै 'सिसियु'मा भर्ना भएका हुन् ।

अस्पतालले प्रधानमन्त्रीको छातिमा संक्रमण देखिएको र शरीरमा चिनि (सुगर)को मात्रा असंतुलित देखिएको बताएको छ । अस्पतालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको र अन्य स्वास्थ्यस्थिति सामान्य रहेको अनुरोध गर्दछौँ ।’

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष दाहालसहित राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, नेकपाका महासचिव विष्णु पौडेल, नेता झलनाथ खनाल अस्पताल पुगेका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा