बिहीबार, २७ मङ्सिर, २०७५ Thursday, 13 December, 2018

श्रृंखला मिस वर्ल्डको फाइनलमा, हात पारिन 'मल्टिमिडिया अवार्ड'

याे उपाधिसँगै उनी मिस वर्ल्ड–२०१८ को फाइनल अन्तिम ३० मा प्रवेश गरेकी छन् ।

काठमाडौं, १७ मंसिर । मिस नेपाल श्रृंखला खतिवडाले मिस वर्ल्ड–२०१८ को मल्टिमिडिया विधामा अवार्ड हात पारेकी छन् ।

चीनमा जारी मिस वर्ल्ड–२०१८ को ‘मल्टिमिडिया’ विधामा सोमबारको मिस नेपाल खतिवडाले 'मल्टिमिडिया अवार्ड' हात पारेकी हुन् ।

मिस वर्ल्डकाे अाधिकारीक फेसबुक पेजमार्फत श्रृंखलाले ‘मल्टिमिडिया’ मेक्सिको र केन्याका सुन्दरीलाई पछाडी पार्दै उनी उक्त उपाधी हात पार्न सफल भएकाे जानकारी दिइएकाे छ ।

याे उपाधिसँगै उनी मिस वर्ल्ड–२०१८ को फाइनल अन्तिम ३० मा प्रवेश गरेकी छन् ।

उक्त अवार्ड अडियन्सको सहभागीता, प्रभाव र विषयवस्तुको सिर्जनात्मकताको आधारमा दिइने गरिन्छ ।

साथै, आजैको प्रतिस्पर्धामा टुरिजम् भिडियो च्यालेन्ज विधामासमेत उनी उत्कृष्ट ५ मा पुग्न सफल भएकी थिइन् । तर, उक्त प्रतिस्पर्धामा अवार्ड भने मिस केन्याले हात परिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Miss World (@missworld) on

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा