बिहीबार, २७ मङ्सिर, २०७५ Thursday, 13 December, 2018

धरानमा 'सबै मिलेर साथीकाे हत्या', ६ जना पक्राउ

उनीहरुले आशिषको हत्या गरी सोही ठाउँस्थित खाल्डोमा पुरेको खुल्न आएको हो ।

सुनसरी, १८ मंसिर । धरान उपमहानगरपालिका–१७ उदय टोल बस्ने १७ वर्षीय आशिष ठटालको हत्या गरेको अभियोगमा ६ जना युवक पक्राउ परेका छन् ।

प्रहरीले ठटालको हत्या अभियोगमा उनकै शाथीहरु २८ वर्षीय कोमल गुरुङसहित अन्य ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार गत मंसिर ७ गते राति ठटालसहित ७ जना सोही ठाउँस्थित उदय सामुदायिक जंगलमा शिकार खेल्न गएका थिए । शिकारबाट ६ जना साथीहरु घर फर्किएको र आशिष घर नफर्केपछि उनका आफन्तले गत साेमबार प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले शिकार खेल्न गएका कोमलसमेत ६ जनालाई नियन्त्रणमा लिई सोधपुछ गरेपछि उनीहरुले आशिषको हत्या गरी सोही ठाउँस्थित खाल्डोमा पुरेको खुल्न आएको हो ।
 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा