बिहीबार, २७ मङ्सिर, २०७५ Thursday, 13 December, 2018

नारायण गोपालको स्मृति दिवस मनाइयो

नेपाल नजानिँदो रुपमा खेलकूद र सङ्गीतमा अगाडि बढिरहेकोले खेलकूदमा अनुशासन र सङ्गीतमा गहन अध्ययन आवश्यक..
स्वर सम्राट नारायणगोपालको २८ औं स्मृति कार्यक्रमको उपलक्ष्यमा नारायणगोपाल सङ्गीत कोषद्धारा उनको निवास काठमाडौंको महाराजगन्जमा बुधवार आयोजित कार्यक्रममा स्वरसम्राटको तस्वीरमा श्रद्धाञ्जली अर्पण गर्दै । तस्बिरः प्रदीपराज वन्त,रासस

काठमाडौं, १९ मंसिर । स्वरसम्राट नारायणगोपालको सम्झनामा आज यहाँ २८औँ स्मृति दिवस मनाइएको छ । 

नारायण गोपाल सङ्गीत कोषको आयोजनामा सो दिवसमा स्मृतिसभा गरेको छ । आजकै दिनमा विसं २०४७ मा उनले यस धर्तीबाट बिदा लिएर गएका थिए । स्वरसम्राट नारायण गोपालको घरको प्राङ्गणमा भएको सभामा पुराना गायकलगायत नयाँ पुस्ताका युवाको बाक्लो उपस्थिति रहेको थियो । 

रचनाकार तथा कलाकार नीर शाहले नारायण गोपाल साङ्गीतिकरुपमा निकै सङ्घर्षशील भएका चर्चा गरे । शाहले नेपाल नजानिँदो रुपमा खेलकूद र सङ्गीतमा अगाडि बढिरहेको बताउँदै खेलकूदमा अनुशासन र सङ्गीतमा गहन अध्ययन आवश्यक रहेको औँल्याए । 

उक्त अवसरमा स्मृति कोषले नारायण गोपालसँगै रहेर काम गर्ने गीतकार दिनेश अधिकारी, गीतकार डा दीर्घसिंह बम, कलाकार तथा गीतकार नीर शाह, गीतकार राजेन्द्र रिजाल, सङ्गीतकार विश्वम्भर प्याकुरेल र कर्म योञ्जनलाई नगर रु २५ हजारसहित सम्मानसमेत गरेको थियो । 

सभामा सङ्गीतकार भूपेन्द्र राजमाझी, रचनाकार प्रकाश रायमाझी, गीतकार उन्नति शिला बोरा, सङ्गीतकार न्ह्यु बज्राचार्यलगायतको सहभागिता थियो । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा