बिहीबार, २७ मङ्सिर, २०७५ Thursday, 13 December, 2018

‘ए’ डिभिजन लिग : आज दुई खेल हुने

लिगको उपाधि दाबेदार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्ड्सविरुद्व जीत निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिने मौका
फाइल फाेटाे /वेब

काठमाडौं, २० मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदैछ । 

सातदोबाटोस्थित एन्फा मैदानमा हुने छैटौँ चरणको अन्तिम दिनको खेलमा आज फ्रेण्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबसँग खेल्नेछ ।

लिगको उपाधि दाबेदार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्ड्सविरुद्व जीत निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिने मौका छ । पहिलो खेलमा न्यूरोड टिम (एनआरटी) सँग २–२ को बराबरीमा रोकिएपछि आर्मीले लगातार चार खेलमा जीत हात पारेको छ । 

आर्मी पाँच खेलबाट १३ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । फ्रेण्ड्स चार अङ्कसहित तालिकाको १०औँ स्थानमा छ । ब्रिगेड पाँच खेलबाट तीन अङ्क जोडेर १२औँ स्थानमा रहँदा मछिन्द्र दुई अङ्कका साथ तालिकाको १३औँ स्थानमा छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा