बिहीबार, २७ मङ्सिर, २०७५ Thursday, 13 December, 2018

शिक्षकले गाली गर्दा छात्राले गरिन् आत्महत्या

नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ । 
प्रतिनिधिमुलक फाइल फाेटाे /वेब

नयाँ दिल्ली, २० मंसिर (रासस/एएनआई) ।  भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् । 

नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ ।

छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रालाई पटकपटक गालीगलौज गर्ने गरेका थिए । प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन शुरु गरेको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा