शुक्रबार, ४ माघ, २०७५ Friday, 18 January, 2019

संसद छलेर अध्यादेश ल्याउने काम भयाे : गगन थापा [भिडियाे]

'हामीले उहाँलाई यस्तो कति पटक भन्यौं। नबोल्नुहोस् काम गर्नुहोस्। दुःखका साथ भन्नुपर्छ प्रधानमन्त्रीज्यूको जम्मा दुई वटा रुचि छ, पहिलो बोल, दोस्रो पोल।'​​​​​​​

काठमाडौं, १३ पुस । कांग्रेस सांसद गगन थापाले  सरकारले ल्याउन लागेकाे कर्मचारी समायोजन अध्यादेशकाे चर्काे आलोचना गरेका छन् ।

कांग्रेस सांसद गगन थापाले शुक्रबार प्रतिनिधि सभामा सरकारको बेढंगी कामको श्रृंखलाको पछिल्लो कडी  कर्मचारी समायोजन अध्यादेश भएकाे बताउँदै सरकारकाे चर्काे आलोचना गरेका हुन्। 

बैठकमा उनले  भने, 'हामीले उहाँलाई यस्तो कति पटक भन्यौं। नबोल्नुहोस् काम गर्नुहोस्। दुःखका साथ भन्नुपर्छ प्रधानमन्त्रीज्यूको जम्मा दुई वटा रुचि छ, पहिलो बोल, दोस्रो पोल।'

सिंहदरबार, प्रदेश र स्थानीय तह सबैतिर कर्मचारी आन्दोलित भैरहेकाे सर्न्दभ जाेड्दै उनले यस्तो बेलामा सरकारमा के गर्छ ? भन्दै प्रतिप्रश्न गरे । उनले भने, '​​​​​​​पहिलाको जस्तै यी थाङ्नेहरु हुन् भनेर घोक्र्याएर पठाउँछ? त्यसो हो भने त्योभन्दा पहिला सरकारले ऐनामा आफ्नो अनुहार एक पटक हेरोस्।'​​​​​​​

सांसद थापाले भने, 'जिम्मेवारी लिनुभएको मन्त्रीज्यूको ढंग त देखिहालियो। अध्यादेश जारी गरिसकेपछि समायोजनबारे भारत पढ्न जानुभएको छ। मन्त्रीको सुझबुझ नभएको अवस्थामा सेवा निवृत्त हुन लागेका एक जना सचिव केही बरिष्ठ कर्मचारीको स्वार्थमा घुम्दैगर्दा संसद छलेर अध्यादेश ल्याउने काम भएको छ। लोकसेवाको परामर्शलाई लत्याइएको छ।​​​​​​​'

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा