शुक्रबार, ४ माघ, २०७५ Friday, 18 January, 2019

बालगायक प्रिन्सकाे ‘न मानामा नापिन्छ माया’

एघार वर्षीय प्रिन्सकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’को म्युजिक भिडियोमा अहिले प्रिन्स व्यस्त छन् । 

काठमाडौं, १५ पुस । चितवनको सौराहा घर भई हाल काठमाडौँ बस्दै आएका बालगायक प्रिन्स सिलवालको दोस्रो म्युजिक भिडियोको छायाङ्कन शुरु भएको छ । 

एघार वर्षीय प्रिन्सकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’को म्युजिक भिडियोमा अहिले प्रिन्स व्यस्त छन् । सौराहामा सुन्दर पोशाकमा सजिएका थारू युवतीको ‘कोरस’ नृत्य अगाडि प्रिन्सले मोडलिङ गर्नुभएको छ । उहाँलाई मोडलिङमा निशा पाण्डे र जेनी धमलाले साथ दिएका छन् ।

भकारी एमडिसीको प्रस्तुतिमा शुरु भएको म्युजिक भिडियो छायाङ्कनमा प्रिन्सले उत्कृष्ट प्रदर्शन गरेको निर्देशक सञ्जय पाण्डेले बताए । यसअघि प्रिन्सले दशैँको अवसरमा उमङ्गले भरिएको गीत ‘दशैँ मनाउने हो, नाच्दै रमाउने हो’ भिडियो बजारमा ल्याएका थिए । 

“गायनमा जस्तै राम्रो प्रस्तुति मोडलिङमा प्रिन्सले देखाएका छन्”, गीतकार तथा भकारी एमडीसीका निर्देशक वसन्त वित्यासी थापाले भने ।  ‘न मानामा नापिन्छ माया’ बोलको गीत पहिलो रेकर्ड भए पनि म्युजिक भिडियो भने दोस्रो हो । उनकाे दोस्रो गीत ‘दशैँ मनाउने हो’ को म्युजिक भिडियो दशैँअघि नै बजारमा आएको थियो । यसलाई दशैँमा बालबालिकाले खुब मन पराएका थिए । 

वसन्त वित्यासी थापाको शब्द र अशोक लोहारुङ राईको सङ्गीत रहेको यसमा सौराहाको रमणीय दृश्यलाई देखाउन खोजिएको प्रिन्सका बुबा रमेश सिलवालले जानकारी दिए । 

सञ्जय पाण्डेको निर्देशन र कृष्ण रसालको नृत्य निर्देशन रहेको म्युजिक भिडियोको छायाङ्कन भने चक्र महर्जनले गरेका छन् । भिडियोमा थारू संस्कृतिसँगै सौराहाको पर्यटकीय र प्राकृतिक रमणीय दृश्यहरू देख्न सकिन्छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा