सोमबार, ९ असार, २०७६ Monday, 24 June, 2019

छैटौँ नेपाली टोपी दिवसकाे राैनक (फाेटाेफिचर)

‘नेपाली टोपी : हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ ।
एघारौँ राष्ट्रिय टोपी दिवसको उपलक्ष्यमा हनुमानढोका परिसरमा उपस्थित भएका युवती ढाका टोपी लगाएर सेल्फी खिँच्दै । तस्वीर : प्रदीपराज वन्त,रासस

काठमाडौं, १७ पुस । ‘नेपाली टोपी : हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन आज माइतीघरमण्डलामा भेला भएर युवायुवतीले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् ।

Topi diwasएघारौँ राष्ट्रिय टोपी दिवसको उपलक्ष्यमा हनुमानढोका परिसरमा उपस्थित भएका युवायुवती ढाका टोपी लगाएर सामूहिक तस्वीर खिचाउँदै । तस्वीर : प्रदीपराज वन्त,रासस

माइतीघरमण्डलमा भेला भएको युवायुवतीले पञ्चेबाजासहित मण्डलादेखि नयाँबानेश्वरसम्म प्रभातफेरि गरेका थिए । अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको अभियानले भन्दै २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन शुरु गरेका हुन् । 

Topi diwas 2019राष्ट्रिय टोपी दिवसको अवसरमा “पुर्खाको रगत र पसिनाले जोगाएको मेरो देश नेपाली टोपीले आफ्रनै पहिचान बनाएको मेरो देश” लेखेको व्यानर र टोपी लगाएका पदमोदय पब्लिक नमुना उच्च माध्यमिक विद्यालयका विद्यार्थी । तस्वीर : रीता लामा, घोराही (दाङ) रासस

सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी ९ढाका टोपी, भाद्गाउँले टोपी०लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ । 

Topi diwas 2019एघारौँ राष्ट्रिय टोपी दिवसको उपलक्ष्यमा हनुमानढोका परिसरमा उपस्थित भएका युवायुवती ढाका टोपी लगाएर सामूहिक तस्वीर खिचाउँदै । तस्वीर : प्रदीपराज वन्त,रासस

राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । 

Topi Diwas 2019फाेटाे : फेसबुक

टोपी दिवसमा र्‍याली 

अन्तर्रा्ष्ट्रिय टोपी दिवसको अवसरमा आज बिहान झापा काँकडभिट्टा बृहत् र्‍याली गरिएको छ । 

ट्राभल्स सङ्घ झापाको आयोजनामा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिका जनप्रतिनिधि, होटल व्यवसायी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रमुखसहितको टोलीले ढाका टोपी लगाएर काँकडभिट्टा बजार परिक्रमा गरेको हो । 

Topi diwas 2019ढाका टोपी दिवसको अवसरमा मंगलबार धनगढीमा निकालेको प्रभातफेरी । तस्वीरः तिलकराज ओझा, कैलाली, रासस,

नेपाली ढाकाटोपीलाई सम्बद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले टोपी दिवस मनाइएको ट्राभल्स सङ्घ झापाका अध्यक्ष नीरबहादुर कार्कीले बताए ।  रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा