शुक्रबार, २९ कार्तिक, २०७६ Friday, 15 November, 2019

डिपिएलको खेलाडी ‘अक्सन’ सकियाे, कुन खेलाडी कसकाे टिममा ?

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले यही पुस १७ गतेसम्मको समयभित्र प्रतियोगिताका लागि दर्ता भएका २०५ खेलाडीबीच हाेटल अन्नपूर्ण अक्सन जारी

काठमाडाैं, २१ पुस । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) सकिएकाे छ । 

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले यही पुस १७ गतेसम्मको समयभित्र प्रतियोगिताका लागि दर्ता भएका २०५ खेलाडीबीच हाेटल अन्नपूर्ण अक्सन सकिएकाे जानकारी दिए ।

यही पुस ४ गतेदेखि खुलेको खेलाडी दर्ता गत मङ्गलबारसम्मका लागि तोकिएको थियो । यस पटक खेलाडीको वर्गीकरण गरिएको छैन । खेलाडीले न्यूनतम मूल्य रु ३० हजारदेखि रु दुई लाख ५० हजारसम्म राखेर नाम दर्ता गराएका थिए । जसअनुसार प्रतियोगितामा सहभागी टोलीले खेलाडी किनेका छन् ।

 
कुन खेलाडी कसकाे टिममा ?

विराटनगर किंग्स

कुशल भुर्तेल- १ लाख ६० हजार

अर्जुन अधिकारी- ३० हजार

किशोर महतो- १ लाख

मोहम्मद सांम्सद शेख- ७५ हजार

राजेश पुलामी मगर- ७५ हजार

मोहम्मद आसिफ शेख- १ हजार ८० हजार

पृथु बास्कोटा- १ लाख २० हजार

हरिशंकर शाह- ९० हजार

सुशान भारी- १ लाख 

अमृत गुरुङ- ३० हजार

तृत्तराज दास-३० हजार

सुवास ऐर - ट्यालेन्ट हन्ट

 


महेन्द्रनगर यूनाइटेड

अविनाश बोहरा- १ लाख ७० हजार

आरिफ सेख- २ लाख ५० हजार

अमरसिंह रौटेला- १ लाख २० हजार

सागर ढकाल- १ लाख

दीपेन्द्र चन्द- ३० हजार

दीलिप नाथ- ७५ हजार

रोहित पौडेल- २ लाख ३० हजार

सहाब आलम- ६० हजार

सन्तोष भट्ट- ३० हजार

सिद्धान्त लोहनी- ७० हजार

कुशल मल्ल- ५० हजार 

सुशिल खड्का- ३० हजार

 

धनगढी स्टार्स

दीपेश श्रेष्ठ- ८० हजार

सौरभ खनाल- १ लाख ६० हजार

विपिन खत्री- ९५ हजार

हरिबहादुर चौहान- ९५ हजार

अमित श्रेष्ठ- १ लाख ८० हजार

राजु रिजाल- ७५ हजार

रोविन क्षेत्री- ३५ हजार 

सुनिल धमला- १ लाख ८० हजार

पवन सर्राफ- २ लाख ५० हजार

धिरज शाही- ३० हजार

कृष्ण ऐर- ट्यालेन्ट हन्ट

 

रुपेन्देही च्यालेन्जर्स

ललितसिंह भण्डारी - २ लाख ५० हजार

प्रदीप ऐरी - २ लाख ४० हजार

पुरन विक - ४० हजार

सन्दीप सुनार - १ लाख १० हजार

अनिल खरेल- ३० हजार

सुमित महर्जन- ७५ हजार

विनोद भण्डारी- २ लाख ५० हजार

कृष्ण कार्की- १ लाख

सुरज दराई- ३० हजार

विक्रम सोब – ६० हजार

भीम सार्की- २ लाख ५० हजार

शेर मल्ल- ३० हजार

 

काठमाडौं गोल्डेन्स

विक्रम भुषाल- १ लाख ६० हजार

अविनव यादव- ३० हजार

रासिद खान- १ लाख ७० हजार

ललितनारायण राजवंशी- २ लाख ५० हजार

नन्दन यादव- ५० हजार

अनिलकुमार साह- १ लाख ७० हजार

सोनु तामाङ - ६५ हजार

सुर्य तामाङ- ५० हजार

योगेन्द्रसिंह कार्की- ७० हजार

मेहबुब आलाम

सुधिर चौधरी

विक्रम ठगुन्ना

 

 

सिवाइसी अत्तरिया

जितेन्द्रसिंह ठकुरी- ७५ हजार

भुवन कार्की - २ लाख १० हजार

दीपेन्द्र रावत- ३० हजार

प्रेम तामाङ- ५० हजार

आदिल अन्सारी- ३० हजार

रामनरेश गिरी- ७५ हजार

सन्दीप जोरा- २ लाख ३० हजार

खगेन्द्र जोशी- ३० हजार

सुवेन्दु पाण्डे- ५० हजार

रित गौतम- ३० हजार

ज्ञानेन्द्र कुँवर- ट्यालेन्ट हन्ट

अक्सनबाट छनोट भएका खेलाडीलाई सहभागी टोलीले आगामी तीन वर्षका लागि अनुबन्धन गर्नेछ । छ टोली सहभागी हुने डिपिएलमा हरेक टोलीले दुई विदेशी खेलाडीसहित १५ खेलाडीलाई टोलीमा अनुबन्धन गर्न पाउने प्रवाधान छ । 

टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टोलीले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको शीर्ष चार टोली प्लेअफमा छनोट हुनेछ । प्लेअफमा पुगेको चार टोलीमध्ये अङ्कतालीकामा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीबीच हुने खेलको विजेता सिधै फाइनल प्रवेश गर्छ भने पराजित हुने टोलीले तेस्रो र चौँथोबीचको विजेतासँग खेल्नेछ । 

प्रतियोगिता आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगितामा छ टोलीले सहभागिता जनाउने छन् । सहभागी टोलीमा चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्स रहेका छन् । 

रोउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै टोलीमा दुई–दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ । देशकै सर्वाधिक ठूलो धनराशि पुरस्कारको क्रिकेट प्रतियोगिताका रुपमा २०७३ र २०७४ सालमा डिपिएलको पहिलो र दोस्रो संस्करण भएको थियो । दुवै संस्करणको उपाधि टिम चौराह धनगढीले जितेको थियो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा