शुक्रबार, ८ चैत, २०७५ Friday, 22 March, 2019

प्रधानमन्त्री ओली संसद्मा सम्बोधन [भिडियाे]

 प्रधानमन्त्री ओलीले एक वर्षभित्र के के गर्न सकियो र चाहेर पनि गर्न नसकिएका कुरा संसदमार्फत् जानकारी  दिनेछन्।
फाइल फाेटाे रासस

काठमाडाैं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशन सम्बोधन गर्दैछन्।

यही पुस ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले गत बिहीबार मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियाे । तर, बिहीबार संसद् नभएका कारण प्रधानमन्त्री ओलीले सम्बोधन आज गरेका हुन् । 

सरकारको काम प्रभावकारी बनाउन संसद्मा आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको गरेका हुन् ।

प्रत्यक्ष प्रशारण हेर्न सक्नुहुनेछ ।

आजकाे सम्बोधनमा सरकारले एक वर्षमा गरेका काम कारबाही संसद्समक्ष प्रस्तुत गरिरहेका छन् ।

मन्त्रिपरिषद्का अनुसार प्रधानमन्त्री ओलीले एक वर्षभित्र के के गर्न सकियो र चाहेर पनि गर्न नसकिएका कुरा संसदमार्फत् जानकारी  दिदैछन्।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा