शुक्रबार, ४ माघ, २०७५ Friday, 18 January, 2019

हत्यारालाई दजनौँ महिलाको प्रेमपत्र ! कारण यस्तो छ...

क्याथरीन महिलाहरुको यस्तो प्रेमप्रतिको विश्वासमा जीव विज्ञान र समाजिक कारणको भुमिका रहेको बताउँछिन् ।
क्रिस्टोफर वाट्स ।

एजेन्सी । अमेरिकाको कोलराडोमा बस्ने क्रिस्टोफर वाट्सले गतवर्ष अगस्ट महिनामा अचानक टेलभिजनमार्फत आफ्नो श्रीमती र दुई छोरी अपहरणमा परेको जानकारी दिँदै उनीहरुलाई छोडिदिन आग्रहसहित एक भिडियो सन्देश जारी गरे ।

३३ वर्षीय वाट्सले जारी गरेको उक्त भिडियो सन्देशकै आधारमा कोलाराडो प्रहरीले उनलाई आफ्नै श्रीमती र दुई छोरीको हत्या गरेको अभियोगमा पक्राउ गर्‍याे ।

उनले उक्त भिडियोमा आफ्नो आँखा क्यामरासँग जुधाउन नसकेका कारण प्रहरीले उनीमाथि नै छानबिन गर्यो । अन्तत प्रहरीसमक्ष उनले आफ्नै श्रीमती र दसई छोरीको हत्या गरेको स्वीकारे । 

प्रहरीले वाट्सले नै दिएको बयानको आधारमा श्रीमती र दुई छोरीको शव तेलको ट्यांकमा डुबाएर राखेको अवस्थामा फेला पर्‍याे । हत्या स्वीकारेको एक हप्तापछि उनलाई अदालतले तीन हत्या आरोपमा आजीवन कारावास फैसला सुनायो । 

श्रीमती र दुई छोरीका साथमा ३३ वर्षीय क्रिस्टोफर वाट्स

वाट्सलाई जेल चलान गरिएपसछि उनीबारे सञ्चारमाध्यममा मानिसहरुले कडा आलोचना भयो । र, उनी एकाएक आफ्नै परिवारको हत्याराको रुपमा प्रख्यात पनि भए । तर, जब उनी जेल चलान भए तब उनको नाममा जेलभित्रै प्रेमपत्रहरु आउन थाले । एक–दुई जनालेमात्र नभई दजनौँ महिलाहरुले उनलाई जेलभित्रै प्रेमपत्र पठाउन थाले ।

वाशिंगटन पोस्टमा प्रकाशित समाचारअनुसार वाट्सलार्ई पठाइएको ती प्रेमपत्रमा महिलाहरुले लेखेका छन्, ‘म तिम्रोबारेमै सोचिरहेको छु । मैले तिम्रो अर्न्तवार्ता टेलिभिजनमा हेरेपछि तिमीप्रती निकै आर्कष्मित भएकी छु । कहि न कहि मलाई लाग्छ तिमी नकिै राम्रो केटा हौ ।’

ती सबै प्रेमपत्रमा ती महिलाहरुले आफ्नो तस्वीरसमेत पठाएका छन् । तीमध्ये एक महिलले त विकिनी लगाएको फोटो पठाएकी छन ।

समाचारमा लेखिएको छ, ‘ती महिलाहरुले आफ्नो प्रेमपत्रमा #TEAMCHRIS #LOVEHIM  जस्ता ह्याशट्यागसमेत प्रयोग गरेका छन् ।’ कतिपय महिलाहरुले त प्रेमपत्रमा जीवनमै पहिलोपटक प्रेमपत्र लेखेको उल्लेख गरेका छन ।

बीबीसीले अमेरिकामा हत्यारालाई जेलभित्रै प्रेमपत्र पठाएको घटना पहिलोपटक नभएको उल्लेख गरेको छ । बीबीसीका अनुसार सन् ७० को दशकमा टेड बन्डी नामक व्यक्तिलाई ३० जनाको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो । त्यस समयमा टेडको नाममा उनले नचिनेका कैयौँ महिलाहरुले जेलभित्रै प्रेमपत्र पठाएका थिए ।

Tade bandi३० जनाको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका टेड बन्डी ।

त्यस्तै, लस एन्जलसमा एक परिवारको हत्या गर्ने समूहको सदस्य सरगना चार्ल्सको नाममा पनि कैयौँ अन्जान महिलाहरुले प्रेमपत्र पठाएका थिए । 

charls mainsonसरगना चार्ल्स

किन यस्तो हुन्छ त ?
एक हत्यारालाई महिलाहरु किन प्रेम गर्छन त ? भन्ने प्रश्नमा मनोचिकित्सकहरुले मनोवैज्ञानिक कारण भएको बताएका छन् । जसलाई ‘हाइपरफीलिया’ भनिन्छ ।

बीबीसीले लेखेको छ, ‘हाइपरफीलियाका कारण ती महिलाहरु हत्या, हिंसा वा कुनै अपराधमा संलग्न व्यक्तिप्रति यौन चाहान राख्छन् ।’ 

‘वुमेल लब मेन हू किल’, ‘अमेन्डो अ क्रिमिनल’ जस्ता पुस्तकका लेखिका शीला इसनबर्गले यस घटनामा टीप्पणी गर्दै भनेकी छन्, ‘यस्तो आकर्षणको एक प्रमुख कारण हो– ती महिलाहरु अपराधीको प्रसिद्धिप्रति आकर्षित हुने गर्दछन् । मिडीयामा हत्याराबारे हुने चर्चा र सार्वजनिक बहसका कारण ती महिलाहरु उनीहरुप्रति हत्याराप्रति आर्कषित हुने गर्दछन् र उनीहरुबारे  विभिन्न कल्पना गर्ने गर्दछन् ।’

इसनबर्ग भन्छिन्, ‘अपराधिहरु अपराधका कारण प्रसिद्ध हुने गर्दछन् । तर, उनीहरुको चर्चा कुनै सेलिब्रेटीभन्दा कम हुँदैन् ।’ उनी थप्छीन, ‘महिलाहरु सोच्छन की उनीहरुले कुनै सेलिब्रेटीलाई प्रेमपत्र लेखे उनीहरुले त्यो पढ्दैनन् या कुनै महत्व दिदैनन् । तर, त्यहि प्रेमपत्र कुनै प्रसिद्ध अपराधिलाई पठाए पक्कै उनीहरुले पढ्छन् र महत्व दिन्छन् । जसबाट आफ्नो पनि थोरै भएपनि प्रसिद्धि हुन्छ ।’

इसनबर्गले आफ्नो पहिलो पुस्तक लेख्ने क्रममा हत्या अभियोग लागेका पुरुषहरुसँग यौन सम्बन्ध बनाएका ३० भन्दा बढी महिलाहरुसँग कुरा गरेकी बीबीसीलाई बताएकी छन् । उनका अनुसार ती अधिकांश महिलाहरुले आफ्नो पार्टनर या पविार कुनै न कुनै हिंसाको सामना गरिरहेको बताएका थिए ।

पेनिसिल्वियास्थित डिसेल्स विश्वबिद्यालयका प्राध्यापक क्याथरीन र्‍याम्सल्याण्डका अनुसार हरेक महिलाहरु कुुनैपनि व्यक्तिलाई परीवर्तन गर्न सक्ने खास व्यवहार देखाउन सक्छन् । उनी भन्छिन्, ‘कतिपय महिलाहरु अपराधीभित्र लुकेर रहेको खास किसिमको व्यवहार पहिचान गर्न सक्छन् । उनीहरु यो पनि सोच्छन् की एउटा अपराधीलाई प्रेममार्फत उनीहरुको जीन्दगी परीवर्तन गरी फेरि एक असल मानिस बनाउन सक्छु ।’

क्याथरीन महिलाहरुको यस्तो प्रेमप्रतिको विश्वासमा जीव विज्ञान र समाजिक कारणको भुमिका रहेको बताउँछिन् । उनी भन्छिन्, ‘अनुसन्धानले के पुष्टि गर्छ भने स्तनधारी जीवहरु उस गुणप्रति धेरै आकर्षित हुन्छन्, जो स्वभावले आक्रामक हुन्छन् । जस्तो अधिकांश महिलाहरु सामान्यभन्दा आक्रामक स्वाभावका पुरुषप्रति बढी आकर्षित हुन्छन् ।’

त्यसो त उनको धारणामा महिलाप्रति समाजले हेर्ने दृष्टिकोणका कारण महिलाहरु ती पुरुषहरुलाई मन पराउँछन्, जो उनीहरुको रक्षा गर्न सक्छन् । हाम्रो समाजले अपराधीलाई निकै हिम्मतवाला र आक्रामक हुने मान्यता राख्दछ । 

उनी प्रश्न गर्छिन्, ‘अब भन्न्स् एक हत्याराभन्दा बढी आक्रामक र शक्तिशाली अरु को हुन सक्छ, तपाई या म ?
बीबीसीको सहयोगमा

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा