आइतबार, १० चैत, २०७५ Sunday, 24 March, 2019

वाइडबडी प्रकरण : मन्त्री र गृहसचिव जाेगिए

वेरुजु फर्छ्याैट गर्ने मुख्य जिम्मा लेखा अधिकृतको उत्तरदायी हुने भएकाले समितिले वहालवाला पर्यटनमन्त्री अधिकारी, पूर्व पर्यटनमन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई समान रुपमा नैतिक जिम्मेवारी लिँदै कानुनी कारवाहीको निर्देशन दिएको हो।
सार्वजनिक लेखा समितिकाे बैठक ।

काठमाडौं । सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिद प्रकरणमा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र  पर्यटनसचिव  शंकरप्रसाद अधिकारीलाई  हदैसम्मको कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ। 

समितिले आज शंसाेधित प्रतिवेदनमा सार्वजनिक गर्दै विमान खरिद नियम संगत नदेखिएको अवस्थामा पनि अन्तिम किस्ता भुक्तानी गरेको भन्दै  महाप्रबन्धक कंसाकार र  पर्यटनसचिव अधिकारीलाई निलम्बन गरी हदैसम्मको कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हाे ।

उपसमितिले तत्कािलन पर्यटनसचिव तथा हालका गृहसचिव प्रेम कुमार राईलाई भने सफाई दिएको छ। यसअघिकाे प्रतिवेदनमा विमान खरिद प्रक्रियाको सुरुवात राईबाट भएको भन्दै कारवाहीको सिफारिस गरेको थियो।

प्रतिवदेनमाथिको छलफलको क्रममा राई संलग्न भएको भनिएको नेपाल वायुसेवा निगमबाट प्राप्त जानकारी नै गलत भेटिएपछि समितिले सचिव राईलाई कारवाहीको सिफारिस गर्नुपर्ने नदेखिएको भन्दै सफाई दिएको हो।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीकाे सवालमा भने उपसमिति अलि लचिलो देखिएका छन् । उपसमितिले मन्त्रीहरूलाई  नैतिक जिम्मेवारी र कानुनसम्मत कारवाहीको निर्देशन गरेको छ। वेरुजु फर्छ्याैट गर्ने मुख्य जिम्मा लेखा अधिकृतको उत्तरदायी हुने भएकाले समितिले वहालवाला पर्यटनमन्त्री अधिकारी, पूर्व पर्यटनमन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई समान रुपमा नैतिक जिम्मेवारी लिँदै कानुनी कारवाहीको निर्देशन दिएको हो।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा