शुक्रबार, ४ माघ, २०७५ Friday, 18 January, 2019

'ए' डिभिजन लिग : मनाङकाे अपराजित यात्रा अधुराे

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा को खेल मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा फ्रेन्ड्सले मनाङलाई पहिलाे हार चखाएकाे हाे । 

काठमाडाैं । फ्रेन्ड्स क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई सहिद स्मारक ए डिभिजन प्रतियोगितामा पहिलो हार चखाएको छ।

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा को खेल मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा फ्रेन्ड्सले मनाङलाई पहिलाे हार चखाएकाे हाे । 

दुई खेल अगावै प्रतियोगिताकाे उपाधि  जितेकाे मनाङले  १२ खेलसम्म अपराजित यात्रा कायम राख्न सकेकाे थियाे । आजकाे खेलमा मनाङले अपराजित यात्रा कायम गर्न सकेन। फ्रेन्ड्ससँग १–० गाेल अन्तरले पराजित हुन पुग्याे ।

निर्धारित ९० मिनेटसम्म पनि दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि थप गरिएको अतिरिक्त  ६ मिनेटमा फ्रेन्ड्सका बिकेश लामा हेडरमार्फत गोल गर्न सफल भए। लामा थप समयमा मैदान प्रवेश गरेका थिए ।

जितसँगै फ्रेन्ड्स ए डिभिजनमा ११ औं स्थानमा उक्लन सफल भएको छ।

फ्रेन्ड्ससँग पराजित भएपनि मनाङ प्रतियोगितामा ३६ अंकसहित शीर्ष स्थानमै रहेर लिग विजेता बन्न सफल भएको छ। 

त्यस्तै, यसअघि नै २८ अंकसहित संकटा क्लब उपविजेता बन्न सफल भएकाे छ भने २६ अंकसहित थ्रीस्टार क्लब तेस्राे भएकाे छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा