शुक्रबार, ८ चैत, २०७५ Friday, 22 March, 2019

जाडाेमा ज्येष्ठ नागरिक पाए न्यानाे 'ज्याकेट'

गलेश्वरधाम आश्रममा ८० थान र ज्येष्ठ नागरिक सेवा केन्द्र बाँडेगाउँलाई १३० थान ज्याकेट वितरण ।
सांकेतिक फाइल फोटो / वेब

गोदावरी, २६ पुस । पशुपति अन्नपूर्ण आश्रम, नेपाल परम्परागत बौद्ध सङ्घ र राष्ट्रिय ज्येष्ठ नागरिक कोषको संयुक्त पहलमा गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रम वेनी र ज्येष्ठ नागरिक सेवा केन्द्र बाँडेगाउँका ज्येष्ठ नागरिकलाई आज २१० थान ज्याकेट वितरण गरिएको छ ।

आश्रमका अध्यक्ष प्रा डा जगदीश वैध, सङ्घका सदस्य विजयज्योति शाक्य र कोषका सभापति रामकृष्ण कर्माचार्यले गलेश्वरधाम आश्रममा ८० थान र ज्येष्ठ नागरिक सेवा केन्द्र बाँडेगाउँलाई १३० थान ज्याकेट वितरण गरेको पशुपति अन्नपूर्ण आश्रमका अध्यक्ष प्रा डा वैधले जानकारी दिए । 

उनले विसं २०४० बाट ज्येष्ठ नागरिकलाई न्यायो कपडा वितरण गर्दै आएको र ३५ वर्षदेखि आफ्नै पारिश्रमिकबाट जाडोमा न्यानो कपडा वितरण गर्दै आएको बताए । 

यो वर्ष सुदूरपश्चिमाञ्चल, स्वर्गद्धारी र चितवनमा ज्याकेट वितरण गरिएको छ । देशभर ज्येष्ठ नागरिकको अवस्थालाई ध्यानमा राखी पाँच हजार ५०० ज्याकेट वितरण गर्ने योजना रहेको बताइयो । राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले नेपालमा कूल ३० लाख ज्येष्ठ नागरिक सङ्ख्या रहेका जानकारी दिए । 

“गत वर्ष यी तीन आश्रम, सङ्घ र कोषले संयुक्त रुपमा गलेश्वरधाम आश्रममा रहेका पुरोहित, गुरु, ज्येष्ठ नागरिक र त्यहाँका शिक्षकलाई न्यायो कपडा वितरण गरेको नेपाल परम्परागत बौद्धधर्म सङ्घका सदस्य शाक्यले भने ।” रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा