शुक्रबार, ४ माघ, २०७५ Friday, 18 January, 2019

विवेकशील साझा पार्टी फुट्याे, काे–काे गए नयाँ पार्टीमा ?

२०७४ साउन ११ गते रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्वल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीकाबीच एकता भएकाे थियाे ।

काठमाडौं । रवीन्द्र मिश्रको साझा पार्टी र उज्वल थापाको विवेकशील नेपाली पार्टीकाबीच एकता भइ बनेकाे विवेकशील साझा पार्टी फुटेको छ ।

पछिल्लो समय पार्टीका दुइ नेत्तृत्वबीच मतान्तर भएपछि शुक्रबार उज्वल थापाको नेतृत्वमा विवेकशील साझा पार्टी औपचारिक रुपमै फुटेको हाे ।

उज्वल थापाकाे नेत्तृत्वमा विवेकशील साझा पार्टीकाे केन्द्रीय समितिका १६ जना नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा गएका छन् । नयाँ पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।

पार्टी फुटेपछि केन्द्रीय सदस्य रञ्जु दर्शनाले ट्वीटमार्फत नयाँ पार्टी गठन भएकाे जानकारी दिँदै भनेकी छन्, 'सु-संस्कृत राजनीतिको लागि पुनः आरम्भ , शुभ आरम्भ। यो एकता दिवस, सुसंस्कृत राजनीतिको ऐतिहासिक दिन!'  

२०७४ साउन ११ गते रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्वल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीकाबीच एकता भएकाे थियाे ।

यसअघि थापाले पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेर रवीन्द्र मिश्रकाे कार्यशैलीप्रती असहमति जनाएका थिए . तर, संयोजक मिश्र पक्षले थापाकाे प्रतिवेदनमाथि छलफल नगरी एकलाैटी ढंगले केन्द्रीय सदस्य थप्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेकाे थियाे ।


काे काे गए नयाँ दल दर्ता गर्न ?

रमेश पौड्याल
विराट भट्ट श्रेष्ठ
रन्जु दर्शना
डा अनुषा थापा
सुबुना बस्नेत
गोविन्द नारायण
पुकार बम
अर्जुनसिंह ठकुरी
साधना राई
शक्ति विक्रम कार्की
अजिता राई
जीवन श्रेष्ठ
आशुतोष तिवारी
ज्ञानेन्द्र निरौला
मिलन पाण्डे

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा