शनिबार, ४ फाल्गुण, २०७५ Saturday, 16 February, 2019

मह जोडी सम्मानित

कला क्षेत्रबाट समाज विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गरेको छ । 
सशत्र प्रहरी बल नेपालको प्रधानकार्यालय हलचोकमा १८ औं वार्षिक कार्यक्रमको अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : प्रदीपराज वन्त,रासस

काठमाडाैं । अठारौँ स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरीले आज कला क्षेत्रबाट समाज विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गरेको छ । 

यस्तै, सशस्त्र प्रहरी बल नेपालका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व कृष्णमोहन श्रेष्ठ र पूर्वसशस्त्र प्रहरी महानिरीक्षक स्व सहवीर थापालाई मरणोप्रान्त सम्मान गरिनाका साथै पूर्वसशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र पूर्वसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रोहित थापालाई एपिएफ लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

यस्तै, रुपन्देहीस्थित सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालयलाई उत्कृष्ट बाहिनी अवार्ड प्रदान गरिएको । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा