शनिबार, ७ बैशाख, २०७६ Saturday, 20 April, 2019

टेक्नोलोजी फेस्टिबल बुधबारदेखि

प्रवेश निःशुल्क गरिएको फेस्टिबल बिहान १० देखि बेलुका ५ बजेसम्म चल्नेछ ।

काठमाडौं । ग्रामीण क्षेत्रमा प्रविधिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘१६ औँ नेशनल टेक्नोलोजी फेस्टिबल’ बुधबारदेखि शुरु हुने भएको छ । 

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा अध्ययनरत कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिकल इञ्जिनीयरिङ सङ्कायका विद्यार्थीको संस्था लोकसले क्याम्पस प्राङ्गणमा आयोजना गर्ने सो फेस्टिबलमा १०० कक्ष राखिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

‘ग्रामीण विकासका लागि प्रविधि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो फेस्टिबल यही माघ २४ देखि २६ गतेसम्म चल्नेछ । लोकसले हरेक वर्ष विद्यार्थीमाझ विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम, प्रतिस्पर्धामूलक सफ्टवेयर, हार्डवेयर तथा इलेक्ट्रिकल कार्यक्रम सञ्चालन गरेर समग्रमा युवा सोचलाई परिवर्तन ल्याउन सक्ने किसिमको अवसर प्रदान गर्दै आएको छ । 

फेस्टिबलमा कृषिसम्बन्धी प्रयोग हुने आधुनिक सामग्रीलगायतका सामग्री राखिने बताइएको छ । प्रवेश निःशुल्क गरिएको फेस्टिबल बिहान १० देखि बेलुका ५ बजेसम्म चल्नेछ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा