शनिबार, ४ फाल्गुण, २०७५ Saturday, 16 February, 2019

प्रधानमन्त्रीदेखि शीर्ष नेताहरुमाथि सुक्ष्म निगरानी राख्दै ‘साइबर गुरिल्ला’ 

आफ्नो वास्तविक सम्पत्ति सार्वजनिक नगरेको प्रधानमन्त्री केपी ओलीलाई समेत नछोड्ने गुरिल्लाको माउ संस्था स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक स्वागत नेपालकाे चेतावनी ।

काठमाडौं । साइबर गुरिल्लाले प्रधानमन्त्रीदेखि प्रमुख राजनीतिक पार्टिका शीर्ष नेताहरुसम्मको कल डिटेल र सम्पत्ति विवरण सुक्ष्म रुपमा हेरिरहेको जनाएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियान अन्तर्गतको साइबर गुरिल्लाले सार्वजनिक पदमा रहेकाहरुको सम्पत्ति र जीवनशैली अस्वभाविक देखिएको भन्दै सुक्ष्म अध्ययन गरिरहेको जनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आफ्नो वास्तविक सम्पत्ति सार्वजनिक नगरेको भन्दै गुरिल्लाको माउ संस्था स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक स्वागत नेपालले प्रधानमन्त्रीलाई पनि नछोड्ने चेतावनी दिए ।

पत्रकार रोहित भण्डारीसँगको एक अन्तर्वार्ताका क्रममा नेपालले प्रधानमन्त्री, मन्त्री र अन्य नेताहरुको अस्वभाविक सम्पत्तिको स्रोत पत्ता लगाई सार्वजनिक गरेरै छोड्ने बताएका हुन् ।

संयोजक नेपालसँगको विस्तृत कुराकानी हेर्नुहोस् 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा