शनिबार, ४ फाल्गुण, २०७५ Saturday, 16 February, 2019

प्रधानमन्त्रीसमक्ष सतर्कता केन्द्रकाे प्रतिवेदन पेश, सयाैँ सरकारी कर्मचारीलाई कारवाहीकाे सिफारिश

वार्षिक प्रतिवेदनमा केन्द्रमा परेका एक हजार २३९ मध्ये ९०३ उजुरी फछ्र्योट गरिएको उल्लेख
फाेटाे : राष्ट्रिय सतर्कता केन्द्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक बर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्रीसमक्ष केन्द्रका सचिव विष्णुओम वादेले १६ औँ वार्षिक प्रतिवेदन बुझाए । वार्षिक प्रतिवेदनमा केन्द्रमा परेका एक हजार २३९ मध्ये ९०३ उजुरी फर्छ्याेट गरिएको उल्लेख गरिएको छ । 

तीमध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएका १५८, सम्बन्धित निकायमा पठाइएका ४३ र अन्य तामेलमा भएका ७०२ छन् । केन्द्रले राष्ट्रिय गौरवका १८ र अन्य आयोजनातर्फ १८ वटाको प्राविधिक परीक्षणसमेत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

केन्द्रले एक हजार १४० सरकारी कार्यालयको अनुगमन गरी समय पालना नगर्ने र समयमा कार्यालय नआउने दुई हजार ३७७ जना कर्मचारीले कारवाहीका लागि सिफारिश गरिएको प्रतिवेदनमा उल्लेख गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी गराए । 

केन्द्रले सम्पत्ति विवरण नबुझाउने १९ हजार १३४ जना सार्वजनिक पद धारण गरेका पदाधिकारी र सरकारी कर्मचारीलाई कारवाहीका लागि आयोगमा पठाइएको उल्लेख गरिएको छ । 

वार्षिक प्रतिवेदनमा सार्वजनिक पद धारण गरेका पदाधिकारी र कर्मचारीले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित निकायले सम्पत्ति विवरण बुझाउन लगाउनुपर्ने सुझाव दिइएको छ । रासस

विज्ञप्ती पढ्नुस्

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा