सोमबार, ९ भदौ, २०७६ Monday, 26 August, 2019

सोलुखुम्बु क्याम्पसकाे मेची–काली अभियान राष्ट्रपति भण्डारीद्वारा उद्घाटन हुने  

सोलुखुम्बु बहुमुखी क्याम्पसले मेची–काली विश्व अभियान २०७५–२०८० सञ्चालन गर्ने भएको छ ।
फाइल फोटो / वेब

सोलुखुम्बु । सोलुखुम्बु’ बहुमुखी क्याम्पसले मेची–काली विश्व अभियान २०७५–२०८० सञ्चालन गर्ने भएको छ । क्याम्पसको माध्यमद्धारा नेपाललाई विश्वमा चिनाउने उदेश्यले उक्त अभियान सञ्चालन गरिने क्याम्पस प्रमुख उद्धवकुमार शर्माले जानकारी दिए ।

क्याम्पस स्थापना भएको २५ बर्ष पुगेको अवसरमा आयोजीत रजत महोत्सवका अवसरमा अभियानको उद्घाटन गरिने मंगलबार आयोजीत पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । रजत महोत्सवका अवसरमा पाँच बर्षे महत्वकाक्षि योजनाको सुरु गरिने छ । “फागुन ४ गते नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अभियानको सुभासम्भ गर्ने कार्यातालिका छ ।” क्याम्पस प्रमुख शर्माले भने, “अभियानको बिशिष्ट उदेश्य छ, सबैले सहयोग गरिदिनुहोस् ।”

क्याम्पस प्रमुख शर्माका अनुसार आगामी ५ बर्षभित्र ५ लाख नागरिक, ५ हजार सरकारी तथा गैरसरकारी संघसंस्था, कार्यालयहरु र कम्तीमा विश्वका २५ राष्ट्रका नागरिकलाई अभियानमा सहभागी गराएर विश्वको सबैभन्दा बढी जनसहभागीतामा सञ्चालित क्याम्पसको रुपमा गिनिज बुकमा नाम लेखाउने लक्ष्य रहेको छ ।

पाँच सय विद्यार्थीलाई निःशुल्क उच्च प्राविधिक शिक्षा 

गरिब भएकै कारण जो कोहीपनि शिक्षाबाट बञ्चित नहुन् भन्ने उदेश्यले यो अभियान सुरु हुदै छ । क्याम्पस प्रमुख शर्माले भने, “ क्याम्पसले राखेको सम्पर्ण शैक्षिक योजना सफल पार्नको लागि अभियान मार्फतनै रु.१ अर्ब संकलन गर्ने हाम्रो लक्ष्य छ ।”

पाँच बर्ष सम्म आर्थिक संकलन गर्ने छैटौ बर्षदेखी पूर्वधार निर्माण देखी विभिन्न संकायको कक्षा सञ्चालन गरिने बताईएको छ । प्रथम सगरमाथा आरोही विश्वविख्यात स्व. सर एडमण्ड हिल्लारीद्धारा स्थापना गरिएको उक्त क्याम्पसमा २५ कोठे एसी जडीत सुविधा सम्पन्न भवन निर्माण गरिने क्याम्पस सञ्चालक समितिका अध्यक्ष आङरिता शेर्पाले बताए ।

“प्रत्येक जिल्लाका गरिब जेहेन्दार तथा पिछडिएका बर्ग मध्येबाट एक जना छात्र र एक जना छात्रा लाई निशुल्क शिक्षा प्रदान गरिन्छ ।”  क्याम्पस प्रमुख उद्धव शर्माले भने, “७७ जिल्लाबाट गरिब तथा जेहेन्दार १ छात्र र १ छात्रा गरी १५४ जना र तीन वर्षे कार्यक्रमका लागि ४६२ तथा विभिन्न राष्ट्रका २५ जना र अति पिछाडिएका समुदायबाट १३ जना गरी ५ सय जनालाई निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्नेछौ ।”

“ट्राभल, टुरिजम र माउन्टेनियरिङ कोर्स पढाउने कार्यक्रम छ । ट्राभल, टुरिजम र माउन्टेनियरिङ कोर्सको लागि प्रथम वर्षमा नाम्चेबजार, दोस्रो वर्षमा सगरमाथा आधारशिविर र तेस्रो वर्षमा आधारशिवीर भन्दा माथि उक्लिदै थेसिस लेखाउँछौ ।” क्याम्पस प्रमुख शर्माले भने, “स्नातक र स्नातकोत्तर तहमा ट्राभल, टुरिजम् र माउन्टेनियरिङ कोर्स गराउने र यसमा विश्वका २५ देशका एक–एक जनालाई निशुल्क शिक्षा दिन्छौ ।”

उक्त ५ बर्षे शैक्षिक योजनाको लागि सम्पूर्ण नेपाली देखि बिदेशी नागरिक, दात्रि सस्था, समजासेवी, शिक्षक, बिद्यार्थी लगायत सबैलाई सहयोग गरि आबश्यक सल्लाह सुझाब गरिदिन क्याम्पस प्रमुख उद्धवकुमार शर्माले अपिल समेत गरे ।

संकलन भएको एक अर्ब कहिल्यै खर्च नहुने 

पाँच सय जनालाई निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्दा बार्षिक ७ करोड खर्च लाग्ने क्याम्पसको अनुमान छ । क्याम्पसका अनुसार रु ६ करोड क्याण्टीन खर्च, रु.१ करोड तलबभत्ता र अन्य विद्यार्थीले तीरेको शूल्क बाहेक व्याजबाट मात्र बार्षिक रु ७ करोड खर्च हुने छ ।

“उक्त खर्च धान्नको लागि अभियानबाट संकलित रु १अर्ब रुपैँया १२ प्रतिशत सम्म व्याज दिने बैंकमा अक्षय कोषको रुपमा जम्मा गर्छौ ।” क्याम्पस प्रमुख शर्माले भने, “आयकर कटाउँदा बार्षिक १० प्रतिशतले रु.१ करोड व्याज प्राप्त हुन्छ, खर्च अनुमान रु.७ करोड यसरी हेर्दा रु.३ करोड त हाम्रो कोषमा जम्मा हुन्छ ।”

रु.१ अर्ब रुपैया संकलनको लागि रु.१ सय देखी रु.१० लाख सम्मको आर्थिक सहयोग प्याकेज ल्याईएको छ । अभियान सुरु भएको ६ बर्ष देखी सम्प’र्ण कार्यक्रम लागू हुने बताईएको छ ।

बीस बर्षमा गरिबिको अन्त्य गर्ने 

कार्यक्रम सुरु भएको २० बर्षमा सोलुखुम्बु जिल्लामा एक घर एक दक्ष प्राविधिक उत्पादन गर्ने लक्ष्य राखिएको छ । क्याम्पस प्रमुख शर्माले भने, “हाम्रो उदेश्य अनुसार ५ हजार विद्यार्थीलाई सोलुखुम्बु ल्याउने हो । यसलाई हेर्दा यहाँको हरेक कृष उत्पादन बढाउँन आवश्यक छ ।”

कार्यक्रम लागू भएपछि कम्तिमा ३ देखी ४ सय कर्मचारी आवश्यक पर्ने क्याम्पसले अनुमान गरेको छ । “अध्ययनका लागि सबै जिल्लाका हुन्छन् तर रोजगारीको लागि योग्यता पुगेका भए जिल्लालाई पहिलो प्राथमीकता दिन्छौ ।” शर्माले भने,“२० बर्षपछि हामी जिल्लामा रहेको गरिबि निर्मूल पार्छौ ।”

एक रुपैया हिनामिना गरे प्रहरी खोरमा पठाइने 

आर्थिक पारदर्शितको हिसाबले समेत आफूहरु स्पष्ट भएको दावी गरिएको छ । हरेक नागरिकले गरेको सहयोगलाई तत्काल क्याम्पसको वेबसाईटमा राखिने र प्रत्येक महिना स्थानीय सञ्चार माध्यम र बार्षिक रुपमा बृहत भेला गरि सार्वजानिक सुनुवाई समेत गरिने क्याम्पस प्रमुख शर्माले बताए ।

प्राप्त सहयोगलाई विभिन्न राष्ट्रिय सञ्चार माध्यमबाट समेत सार्वजानिक गर्ने क्याम्पसले जनाएको छ । “हामी सबैको सहयोग लिन्छौ, अर्धकट्टि हुन्छ त्यसमा नम्बर राखिएको छ ।” प्रमुख शर्माले भने, “हामी एक पटक धन्यवाद दिनको लागि सबैलाई क्याम्पसबाट फोन गर्छौ, त्यतीनै बेला थाहा हुन्छ, सहयोग रकम दुरुपयोग भयो या भएन भनेर, यदि दुरुपयोग भएछ भने प्रहरीको खोरमा पठाईन्छ ।”

क्याम्पस प्रमुख उद्धबकुमार शर्माले महत्वकाक्षि योजना सार्वजानिक गर्दै सफल हुने दावी गरे । कुनैपनि व्यक्तिले रु.१ सय सहयोग गर्‍यो भने सोही रकमबाट सधैभरी दक्ष जनशक्ति उत्पादन गर्ने त्यो पनि निशुल्क हुन्छ त्यसैले सबैले सहयोग गर्छन् । उनले भने, “अहिले अमेरिका, कोरिया, जापान लागाएतको देशमा उपसमिति गठन भईसकेको छ, आर्थिक प्रम’ख हो आर्थिक संकलन भएपछि हाम्रो अभियान सफल नहुने कुरै भएन ।”

जिल्लाको पहिलो क्याम्पसमा अहिले नेपाली, स्वास्थ्य र इपीएममा एमएड सम्मको पढाई हुन्छ । यस्तै कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन, साविक ३ हाल ४ बर्षे बीएड १ बर्षे बिएड मा शिक्षा, ३ बर्षे बिए मानवीकी, ४ बर्षे बीबीएस व्यवस्थापन संकायका पढाई हुन्छ । यहाँ अहिलेपनि सोलुखुम्बु, खोटाङ, ओखलढुंगा लगाएत जिल्लाका विद्यार्थीले अध्ययन गर्ने गरेका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा