शनिबार, ४ फाल्गुण, २०७५ Saturday, 16 February, 2019

पूँजीगत लाभकर एनसेलबाटै उठाउन सर्वोच्चको परमादेश

एनसेल र रिनोल्ड होल्डिङ्सले दायर गरेको रिट खारेज गर्दै बुधबारको बसेको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशले कर असुली गर्न परमादेश जारी गरेको हो ।

काठमाडौं । सर्वोच्च अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउन एनसेल र 'आक्जिएटा'को नाममा परमादेश जारी गरेको छ  ।

एनसेल र रिनोल्ड होल्डिङ्सले दायर गरेको रिट खारेज गर्दै बुधबारको बसेको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशले कर असुली गर्न परमादेश जारी गरेको हो ।

No photo description available.

बृहत पूर्ण इजलाशमा प्रधानन्यायधिस राणासहीत न्यायाधीशहरु मीरा खडका, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान सम्मिलित थिए। 

नागरिक समाजका तर्फबाट द्वारिकानाथ ढुंगेलसमेत ५ जनाले हालेको रिट जारी हुने ठहर गर्दै बृहत् पूर्ण इजलाशले दुबै कम्पनीबाट बाँकी लाभकर असुल गर्नुपर्ने फैसलासहित परमादेश जारी गरेको हो । 

प्रधानन्यायाधीशमा राणा आएपछि गत बिहीबारबाट सुनुवाई सुरु भएको थियो । गत मंगलबार रिट निवेदक द्वारिकानाथ ढुङ्गेल र अधिवक्ता भावेश गौतमका तर्फबाट कानुन व्यवसायीले बहस गरेका थिए ।

त्यस्तै, विपक्षीका तर्फबाट ठूला करदाता कार्यालयका सरकारी वकिलले पनि बहस गरेका थिए । दुवै पक्षको बहस सकिएपछि निवेदक र विपक्षी दुबैका कानुन व्यवसायीले स्पष्ट पार्नुपर्ने विषयमा आफ्ना धारणा राखेका थिए ।

दुबै पक्षको बहस सुनिएपछि सर्वोच्चको परमादेशसहित अन्तिम फैसला आएको हो ।

तीन वर्षअघि टेलियासोनेराले बेचेको एनसेलमा लाग्ने करका विषयमा पटक पटक विवाद भैरहेको थियो। गत  २०७२ पुस ९ गते स्वीडेनको कम्पनी टेलिया सोनेराले एनसेलको ८० प्रतिशत सेयर मलेसियाको एक्जिएटा कम्पनीलाई बेचेको थियो। उक्त किनबेचमा नेपालले लाभकर उठाउन सकेको थियन । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा