सोमबार, ९ भदौ, २०७६ Monday, 26 August, 2019

माओवादीलाई सिध्याइहालियो भन्ने ठाने अर्को माओवादी जन्मन्छ : प्रचण्ड [भिडियाे]

उनले संविधान कार्यान्वयनको प्रक्रिया हेर्दा स्थानीय र प्रादेशिक तहलाई संविधानले जुन मर्मका साथ व्यवस्था गरेको छ, त्यसअनुसार कार्यान्वयन हुन थालेको छ ? विस्तारै कमजोर त पारिँदै छैन ?’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार शान्ती सम्झौताको भावनाअनुसार नचलेको आरोप लगाउँदै देशमा पुन द्वन्द्व उत्पन्न हुने चेतावनी दिएका छन् ।

जिल्ला समन्वय समिति पश्चिम रुकुमले शुक्रबार आयोजना गरेको स्थानीय तह सञ्चालन ऐन : न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तकको विमोचन कार्यक्रममा देशमा पुन द्वन्द्व उत्पन्न हुने चेतावनी दिएका हुन् ।

उनले आफ्नै पार्टीले नेतृत्व गरेको सरकारले ल्याएका ऐन कानून संविधानको मर्मअनुसार त छन् भन्ने गम्भीर प्रश्न उठेको बताए । उनले कसैको नाम लिन नचाहेको बताउँदै माओवादीलाई सिध्याइहालियो, अब जे गरे पनि हुन्छ भन्ने नठान्नसमेत चेतावनी दिए ।

उनले संविधान कार्यान्वयनको प्रक्रिया हेर्दा स्थानीय र प्रादेशिक तहलाई संविधानले जुन मर्मका साथ व्यवस्था गरेको छ, त्यसअनुसार कार्यान्वयन हुन थालेको छ ? विस्तारै कमजोर त पारिँदै छैन ?’

भिडियाे पनि हेर्नुस्

सरकार शान्ति सुरक्षा, बजेटलगायतमा विषयमा संविधानको भावनाअनुसार नचलेको उनको आरोप छ । ‘सिंहदरबारबाट अधिकार प्रत्यायोजन गर्ने, कर्मचारी समायोजन गर्ने्तिर ठीक ढंगले अगाडि बढेका छौं ? फेजआउट गर्नेतिर त गइरहेका छैनौं ?’ नेकपा अध्यक्ष प्रचण्डले भने, ‘सोच्नुपर्ने ठाउँमा जाँदैछौं ।’

उनले माओवादीलाई सिध्याइहालियो भन्ने ठाने त्यो एकदमै दुर्भाग्यपूर्ण हुने बताए । उनले भने, अर्को माओवादी जन्मिन्छ, झन ठूलो लडाइँ हुने खतरा आउँछ ।’

नेकपा अध्यक्ष प्रचण्डले शान्ति सम्झौताको मर्म विपरीत पुराना मुद्दाहरुलाई पुलिस कहाँ पठाउने र पक्राउ गर्न थालिएको भन्दै असन्तुष्टि पनि जनाएका छन् । उनले भने ‘हामीले शान्ति सम्झौतामा जे प्रतिज्ञा गर्‍यौं र संविधान बनाउँदा जेजति अधिकार प्रत्यायोजन गर्ने कुरा गर्‍यौं, त्यो इमान्दारिताका साथ लागु गरेनौं भने नचाहँदै नचाहँदै द्वन्द्व हुन्छ ।’

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा