शनिबार, ७ बैशाख, २०७६ Saturday, 20 April, 2019

चट्याङबाट दुई जनाको मृत्यु, चार घाइते

घाइते चारै जनाको डडेल्धुरास्थित उप क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिनिधिमुलक फाइल फाेटाे /वेब

अमरगढी । डडेल्धुरामा चट्याङ लागेर आज दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । 

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका– ५ रुपालीगाडका २० वर्षीया सरस्वती नाथ र अमरगढी नगरपालिका–३ रजौडाका ४८ वर्षीय गोमन देउल्याल रहेका छन् । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए । नाथ र देउल्याललाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । 

यस्तै चट्याङ लागेर रुपालीगाडकै १५ वर्षीय देवेन्द्र नाथ, १४ वर्षीया कल्पना नाथ, १२ वर्षीया शान्ति नाथ र आठ वर्षीय खगेन्द्र नाथ घाइते भएका छन् । घाइते चारै जनाको डडेल्धुरास्थित उप क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा