सोमबार, ९ भदौ, २०७६ Monday, 26 August, 2019

आमाको नामबाट नागरिकता दिन माग गर्दै र्‍याली

लैङ्गिक समानताको प्रत्याभूति स्थापित भए पनि आमाको नामबाट नागरिकता नपाउनु दुःखद भएको भन्दै सचेतनामूलक र्‍याली निकालिएको छ ।
प्रतीकात्मक फाइल फाेटाे

 

काठमाडौं । लोकतान्त्रिक संविधान निर्माणसँगै लैङ्गिक समानताको प्रत्याभूति स्थापित भए पनि आमाको नामबाट नागरिकता नपाउनु दुःखद भएको भन्दै सचेतनामूलक र्‍याली निकालिएको छ ।

महिला, कानून र विकास मञ्चको आयोजनामा आज काठमाडौंको माइतीघरबाट निकालिएको उक्त सचेतनामूलक र्‍याली नयाँबानेश्वर चोकमा पुगी सम्पन्न भएको थियो । र्‍यालीमा पूर्ण नागरिक, पूर्ण अधिकार नागरिकतामा समान अधिकार, कोख मेरो सन्तान कस्को ?, आमाको नामबाट नागरिकता सुनिश्चित गरलगायत नारासहित सचेतनामूलक सडक नाटक गरेर र्‍याली समापन गरिएको थियो ।

सामाजिक तिरस्कार, अपमान, राज्यबाट पाउने सेवासुविधा नपाउँदा महिलाको जीवनमा आउने समस्याका साथै महिलाले मृत्युको बाटो रोज्न बाध्य हुनु परेको घटनालाई नाटकको माध्यमबाट प्रस्तुत गरिएको थियो । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा