शनिबार, ४ फाल्गुण, २०७५ Saturday, 16 February, 2019

गैँडामाथि बसेर फोटो खिच्नेलाई सचेत गराई छाडियो 

सो गैँडा सौराहा क्षेत्रको गाउँमा लामो समयदेखि आउने गरेकाले मानिससँग घुलमिल हुने गरेको थियो ।

चितवन । गैँडामाथि बसेर फोटो खिच्नेलाई चितवन राष्ट्रिय निकुञ्जले सचेत गराएर छाडेको छ ।

रत्ननगर नगरपालिका–६ स्थित सौरहाका १४ वर्षीय अनुप महतोलाई शुक्रबार सचेत गरी तारिखमा छाडिएको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए । महतोको साथीले गैँडामाथि चढेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि निकुञ्जले खोजी गरी पक्राउ गरेको हो । 

गत सालको बाढीले बगाएर घाइते भएको सो गैँडालाई निकुञ्जले उद्धार गरी सौराहा क्षेत्रमा ल्याएर छोडेको घिमिरेले बताए । सो गैँडा सौराहा क्षेत्रको गाउँमा लामो समयदेखि आउने गरेकाले मानिससँग घुलमिल हुने गरेको थियो ।

गैँडालाई नै देखाएर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने क्षेत्रमा यस्तो गतिविधि हुनु दुःखद् भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले बताए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा