शनिबार, ४ फाल्गुण, २०७५ Saturday, 16 February, 2019

पत्रकार निरोज कोइराला र किरण राई सम्मानित

पत्रकारद्वयलाई सम्मानपत्रको साथमा रु पाँच हजार १११ हस्तान्तरण गरिएको छ ।

भोजपुर ।  जिल्लामा क्रियाशील रहेका दुई पत्रकार सम्मानित गरिएका छन् ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको छैटौँ साधारणसभाको अवसरमा आज पत्रकार निरोज कोइराला र किरण राईलाई सम्मानित गरिएको हो ।

पत्रकारिताको क्षेत्रमार्फत योगदान गरेबापत श्रेष्ठ मनमाया अमर पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको शाखा अध्यक्ष श्यामकृष्ण दाहालले जानकारी दिए । पत्रकारद्वयलाई सम्मानपत्रको साथमा रु पाँच हजार १११ हस्तान्तरण गरिएको छ । महासङ्घको साधारणसभा टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा रहेको पर्यटकीयस्थल गोठेसिं होमस्टेमा सम्पन्न भएको हो । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा