सोमबार, ९ भदौ, २०७६ Monday, 26 August, 2019

मोफसलका पत्रकारको समस्याबारे जानकारी

छलफलमा पत्रकार दुर्गाप्रसाद भट्टराई, दुर्गा खतिवडा, केदार चौहान, सुमन घिमिरे, अर्जुन जम्नेली राई र घनश्याम भण्डारीले सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सुझाब दिए ।
प्रतीकात्मक फाइल फाेटाे : प्रेस फ्रिडम

उर्लाबारी । उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले मोफसलका पत्रकारको समस्याबारे छलफल गरेकी छन् ।

पत्रकारहरुको समस्या, विज्ञापन र मिडिया हाउस सञ्चालनमा देखापरेका कठिनाईलगायत विषयमा आज यहाँ आयोजित छलफलमा उनी सहभागी भएकी हुन् ।

सञ्चार सम्बन्धी विधेयक संसदीय समितिमा छलफल भइरहेको जानकारी दिँदै उपसभामुख तुम्बाहाम्फेले पत्रकारको हितमै सो विधेयक आउनुपर्नेमा जोड दिइन् । छलफलमा पत्रकार दुर्गाप्रसाद भट्टराई, दुर्गा खतिवडा, केदार चौहान, सुमन घिमिरे, अर्जुन जम्नेली राई र घनश्याम भण्डारीले सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सुझाब दिए ।

स्थानीय तहका मिडियामा विज्ञापनको पहुँच पुग्न नसकेको अवस्थामा पत्रकारले मिडिया हाउसलाई बलियो बनाउन सकेमात्र न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सहज हुने उपसभामुख तुम्बाहाम्फेले बताइन् । उर्लाबारीमा दुई एफएम रेडियो, दुई दैनिक पत्रिका र तीन साप्ताहिक पत्रिका छन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा