१२ वर्षीया बालिका 'बलात्कृत', ५० वर्षीय कमल अधिकारी पक्राउ

बालिकालाई मोवाईलमा फिल्म देखाई दिन्छु भनी ललाईफकाई गत बुधबार कमल अधिकारीले जवरजस्तीकरणी गरेको खबरका प्राप्त हुनासाथ अधिकारीलाई पक्राउ गरिएकाे हाे ।
प्रतीकात्मक फाइल फाेटाे वेब

काभ्रे । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५० वर्षीय कमल अधिकारी पक्राउ परेका छन् ।

दैलेख बिन्दासैनी नगरपालिका-१ घर भई बनेपा नगरपालिका-३ मा बस्ने ५० वर्षीय कमल अधिकारीलाई शनिबार दिउसो १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हाे।

प्रहरीका अनुसार सोही नगरपालिका नालाकाक्रे बस्ने  बालिकालाई मोवाईलमा फिल्म देखाई दिन्छु भनी ललाईफकाई गत बुधबार कमल अधिकारीले जवरजस्तीकरणी गरेको भन्ने खबर शनिबार दिउसो प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा